जानु काम्बांग लिङ्गदेन
……तरुनी भईसकेकी छोरीको कुरोले श्लोक केहि नरम भयो हान्ग्माको कुरो बिश्वास नलागेको श्लोकले छोरा छोरीको कुरोलाई भने नकार्न सक्दैनथ्यो । हान्ग्मा काठमांडूमै बस्न थालिन । श्लोकले पैसा पथाउथ्यो तर छोरा छोरीको हातमा ठिक्क स्कुलको फी तिर्न र थोरै पकेट खर्च मात्र । उसले हान्ग्मासंग पुरै नाता तोडेको थियो । दिन बित्दै थियो छोरो सुमनले राम्रो अंक ल्याएर एस.एल.सी पास गर्यो । आफ्नो आधा अधुरो भाग्य संग जुध्दै होस्टेलको खाना पकाएर भएपनि हान्ग्माले छोरोको परिक्क्षा सफल पारेकी थिइन् । उनि आफै मेहेनत गरेर आफ्नो लागि कमाउथिन् । हरेक साँझ बिहान आफु भन्दा ठुल्ठुलो भाडाँ माझिन् । माझेर टलकाएको भाडाँ जस्तो आफ्नो जिन्दगीलाई माझेर कहिले टल्कउन सकिनन् ।
तर पनि कसैको आश गरिन उसले जन्म दिने आमा बाबा सबै त्यागेर आएको लोग्नेको त भरोशा छैन अरुको के भरोश ? यस्तै सोच्थिन् हान्ग्मा । दुई अलग अलग कोखबाट जन्म लिएका दुई पति पत्नी अलग अलग दिशा तिर फर्किएर जिउन थाले । बेला बेला रिसाएर पिठ्यू फर्काएर सुतिदिने लोग्ने पुरै शरिर लुकाएर कतै सुतिरहेको कल्पना गर्थी हान्ग्मा । उसको नेपालमा बिहान हुँदा फ्रान्समा राति हुन्छ भन्ने पनि थाहा नपाएको हान्ग्माले यसरीनै दिन, दिन पछि रात बिताईरह्या । छोरो सुमन मेडिकल साईन्स पढ्दै थियो । छोरीपनि १० मा पढ्न थालिन हान्ग्मा खुशी थिइन् आफ्नो लोग्नेले घरको कुरो सुनेर आफुलाई बेवास्ता गरे पनि हान्ग्माले छोरा छोरी पढाउने लेखाउने जिम्मा राम्रो संग निर्वाह गर्दै थिइ । छोरा छोरीको रेख देख र पढाई हेर्ने बाहेक उनको अरु काम केहि पनि थिएन तेसैले छोरीले पनि सानै उमेरमा एस एल सी दिन लागेको थियो ।
एक दिन अचानक मोबाईलमा नचिनेको नम्बरबाट फोन आयो बेलुकीको खाना खाएर हान्ग्मा सुत्ने तरखरमा थिइ । नेपालमा मोबाईलको प्रयोग हुन थालेको निकै भएपनि हान्ग्माले भने छोरो बंगलादेश पढ्न हिडेपछि मात्र किनेकी थिइन् । छोरोलाई आफु नजिकै राखेर डक्टर पढाउने रहर भए पनि नेपालमा नाम निकाल्नलाई घुस पेस र ज्यु हजुर गर्न सक्ने क्षमता नभएर टाढा बंगलादेश पठाउनु परेकोले कहिले कहिँ उदिग्न हुन्छिन् हान्ग्मा ।
छोरी स्रधा पनि बेला बेला मात्र आउथि मुम्मी भेट्न ठुलो कक्षामा पुगेपछि होस्टलमै बस्न थालेकी थिइ । हान्ग्माले खुशी हुँदै फोन उठाई सम्झी श्लोकको मन पÞmर्किएछ । उसले आशा पनि उस्तै राखेकी थिई,उसलाई बिस्वाश थियो एकदिन उसको श्लोक फर्केर अबस्य आउछ ्र तर एकैछिनमा उसको आशा निरासामा परिणत भयो । उताको मान्छे हान्ग्माको लागि अपरिचित थियो । उसले भन्यो हेल्लो बहिनि सन्चै हुनु हुन्छ ? हान्ग्माले भन्यो हजुर दाजु नमस्ते धेरै धन्यवाद हामी सन्चै छौ । केहीबेरको औपछारिक कुरोकानी पछि उताको मान्छे ……केहीबेर चुप्प लाग्यो । तर कहिले नआउने अलि भिन्न फोन कलले हान्ग्माको मन अतालियो । उताको मान्छे केहि बोले जस्तो लागेपनि हान्ग्माले केहि बुझेन हेल्लो दाई …हेल्लो …के भानु भाको हो हान्ग्माले कुरो बुझ्ने कोसिश गरि ।
काम गर्ने ठाउमा श्लोकको दुर्घटना भएर ….फेरि फोनको आवाज काटियो …फोनको मान्छे अकमकियो भन्नै सकेन । हान्ग्मा अतालिएर एकोहोरो हेल्लो हेल्लो …को बोल्नु भाको हो के भाको हो ? पुरै बताउनुस ? उनको जिक्री सुनेर उताको मान्छेले भन्यो बहिनि चिन्ता नगर्नुस हामी तपाइको यहाँ आउने भिषा मिलाउदै छौ । यहाँ को दुताबासमा रिपोट गरिसकेका छौ । हान्ग्मा बेस्सरी आतालिइ, रुँदै सोध्न थालिन् । भनुस न दाई प्लिज के भयो श्लोकलाई ? के भाको हो ? उताको मान्छे बोल्यो ..बहिनी यतै आउनुस अनि सबै थाहा पाउनु हुन्छ अहिले म यहाको नेपालीहरुको संयुक्त संस्थाको अध्यक्ष बोल्दैछु, सबै त मलाई पनि जानकारी छैन अलि अतालिएको आवाजमा बोल्यो । होइन दाई जे छ मलाई पुरै बताउनुस ?
म सहनु सक्छु डराउनु पर्दैन ? हान्ग्माले भनिन् । होइन बहिनी हामी यो हप्ता भित्रै तपाईलाई झिकाउछौ । जे होस् भाई हुनु हुन्न अब मात्र भनेर फोन काट्यो । त्यो रात हान्ग्मा सुत्ने सकिन् कति बेला फ्रान्सको भिषा आउने र छोरा छोरीलाई के भनेर जाने रातभरी सोचिरहि । मन भरि कुरो उकुस मुकुस खेलाउदै आखा झिम्मिक्क नगरी उज्यालो भयो । उताको खबर लिएर एकजना फ्रांन्सेली दुताबसबाट मान्छे आयो उसले हान्ग्माको तर्फबाट चाहिने कागजपत्र र हान्ग्माको बेकामे पासपोर्ट लिएर गयो । केहि महिना अगाडी छोरा छोरीलाई श्लोकले पढ्ने खर्च पठाएन् आफैँ ईज्राईल जानु पर्यो भनि बनाईराखेको राहादानी काम लाग्यो । खटाईएको भिषा लिएर १० दिन पछि फेरि होस्टेलमै आयो त्यस हान्ग्मा छोरा छोरी दुवैलाई खबरै नगरी फ्रान्स उडिन । धरमपुर घरमा फोन आएको दिननै खबर गरेकी थिईन् । फ्रान्स आएपछि थाहा पाईन् श्लोक ठुलो स्टिलको ड्रम बनाउने फ्याक्ट्रीमा काम गर्ने रहे छ भनेर । श्लोक ईन्जिनियर भएकोले फेक्ट्रीको मेसिन चालु गर्न अघि जहिले सबेरै मेसिन भित्र पसेर चेकजाच गर्नु पर्ने रहेछ । त्यो दिन पनि उ फेक्ट्रीमा पुगेर मेसिन भित्र हेर्दै गर्दा थाहा नभएर अन्जानमा अर्को साथीले बाहिरबाट मेसिन अन गरिदिएछ । त्यसैको कारण मेसिन भित्रै श्लोकको मृत्यु भएछ । लाश देख्ने केहि व्यक्तिहरु भन्थे लास त् हेर्ने सकिन्न रे पुरै पाकेको बिभत्स छ रे । सबैको कुरो सुनेर हान्ग्मा मुर्छा परिन बिरानो देश भएपनि नेपालीको ठुलै जमात भएकोले हान्ग्मालाई केहि सहज भएको थियो ।
आफुले मन पराएर बिहे गरेको लोग्नेको माया उनले कहिले नपाए पनि जिउदै भेट्ने रहर भने मनभरी सजाएर राखेकी थिईन् । त्यो रहर र सपना एकै पल्ट लासमा परिणत भएको थियो । तर किनकिन केहि महिना देखि उनलाई लाग्थ्यो अब कहिले भेट हुन्न जस्तो । त्यहि सोचाई उनको सत्य हुन्छ भन्ने थाहा थिएन । बेला बेला बिउझिन्दै रुन्थी भन्थी भेट नहुनलाई पो हाम्रो बीच यस्तो नाना किसिम भईरहेको रहेछ ्र उनको कुरो सुनेर सबैले शान्त्वना दिन्थे । जे हुनु भईहाल्यो बहिनि छोरा छोरीहरुको लागि पनि हिम्मत राख्नुस, छेउमा बस्ने एक भद्र जस्तो देखिनेले भन्यो ? हान्ग्मा सबैलाई टुलुटुलु हेर्थी छक्क पार्थि नचिनेको नजानेको ठाउमा आएर कता कताको मान्छे बीच यस्तो दुखको शोक मनाउदै थिई । त्यहाको सारा नेपाली समाज श्लोकको सोकमा डुबेको थियो । हान्ग्मा आईपुगेको २ दिन बितिसक्दा पनि लाश हेर्न नपाउदा साच्चीनै मरिसकेको हो कि जिउदै छ श्लोक अलमलमा थिईन । यहाँ को नियम अनुसार काममै दुर्घटनामा परि मरेकोले केहि बिधि बिधान पुरा नगरी लाश हेर्न दिंदैनथ्यो । नेपाली दुताबासबाट मान्छे आएर हान्ग्मालाई यति भनेपछि सम्झाउन थोरै सहज भएको महशुस गरे सबैले । एकहप्ता पछि लाश हेर्न त होइन हान्ग्मालाई फ्रान्सको कोटमा बोलाईयो । कारण कसैलाई थाहा थिएन अदालतमा किन बोलाईयो । हान्ग्माले आफ्नो लोग्नेको लास नेपाल लान पाऊ भनि नेपाली दुताबासमा निबेदन दर्ता गरेकी थिइन् । श्लोकको काम ईञ्जिनिरिङ्गको भएकोले कम्पनीले केहि जीवन बिमाको पनि क्षतिपुर्ति दिनु पर्ने भएको थियो । ति सब काम यहाको नेपाली कम्युनिटीले गरिदिन्दै थियो ।
यस्तै बिबिध कारणहरुले गर्दा कोटमा बोलाईएको कुरो दुताबासबाट थाहा भएको थियो । कहिल्यै पुलिस थाना सम्म नपुगेकी हान्ग्मा एक्कासी केहि जान्ने बुझ्ने अग्रज नेपाली दाजु भाईहरुको पछि लगेर फ्रान्सको एक चर्चित अदालतमा पुगिन । सबै जना भित्र पसे कालो कोटमा बनावटी सेतो कपाल झ्याम्मै लाउनेहरु थुप्रै वरपर गर्दै थिए । एउटी राम्री गोरेनी हान्ग्मा बसेको सीट देखि ठिक पारिपट्टि देखिने गरि बसेकी थिई । हान्ग्मालाई जस्तै उसलाई पनि एक्लै राखेका थिए । हान्ग्मा र त्यो पारि बस्ने गोरेनिको बयान लिन २ कालो कोटेहरु खटिए । साथमा नेपाली उल्था गरिदिने मान्छे पनि तयारी थिए ्र पहिले हान्ग्मालाई प्रश्न सोधियो । कहिले बिहे भएको ? कति छोरा छोरी छन् ? श्लोक संग छुत्तिएको कति भो ? आदि आदि, हान्ग्माले एक एक गर्दै उतर दिंदै गई । अन्त्यमा हान्ग्मालाई सोधियो किन लास नेपाल लान चाहन्छौ ? हान्ग्माले भनिन् श्लोकको सबै आफन्त आमा बुवा छोरा छोरी उतै छन् उहाहरुको लागि पनि लानु पर्छ भनिन्
। अनि पारीको गोरेनी तिर उभिएको कालो कोटे आएर सोध्यो । ऊ त्यो केटिलाई चिन्नु हुन्छ ? हान्ग्माले भनिन् अह ! चिन्दिन ्र तिम्रो श्रीमानले कहिले उसको बारेमा जिकिर गरेको थियो ।
हान्ग्माको छोटो उत्तर अह थिएन । श्लोकले तिमीलाई छाडेको कति भयो ? हान्ग्माले प्रतिप्रश्न गरिन, श्लोक र मेरो छोडपत्र त भएको छैन त किन ? फेरि प्रश्न श्लोक नेपाल नआएको कति भयो ? कठ्घरामै हान्ग्मा रुँदै चिच्याउन थालिन । भनिन् यहाँ मेरो श्रीमानको लाश लिन बोलाईएको हो कि ? प्रश्न सोध्न ? नेपाली त्रास्लेटरले भन्यो बहिनि शान्त हुनु होस् । यहाँको कानुन यस्तै छ तपाइको श्रीमानको दुर्घटनाबाट मृत्यु भएको छ तेसैले हो ? मलाई प्रस्ट भनियोस दाई प्लिज ? मेरो श्रीमान मरेको छ यो कुरो सत्य हो भने यो सब के हो ? हान्ग्माको साथमा आएका दुताबासको मान्छेले पनि सम्झाउदै भन्यो बहिनि यस्तो नगर्नुस यहाँ अर्काको देश हो हामीलाई अप्ठ्यारो पर्छ । एकछिन बिश्राम पछि फेरि सोध्न थाल्यो । श्लोक संगको सम्बन्ध कहिले देखि टुटेको भन्दा हान्ग्मालाई सारै चित्त दुखेको थियो ।
्हान्ग्मा चिच्याईन्न रिसाएर भनिन् हाम्रो सम्बन्ध माथि यहाँ किन सवाल गरिन्छ ! कालो कोट र नक्कली सेतो कपाल लाउनेले भन्यो हामी तिमीलाई चिन्दैनौ,हामी लास दिन सक्दैनौ र नेपाल पनि पठाउन सक्दैनौ ्र फेरि छक्क परिन हान्ग्मा ्र रुँदै सोधिन हाग्माले किन ? अर्को पट्टिको वकिलले भन्यो ऊ त्यो ईमाईलाई चिन्छौ ? हान्ग्माले भनिन् अह …चिन्दिन को हो र ? किन सोध्नु हुन्छ अघि देखि उनको बारेमा अह..चिन्दिन ? नेपाली उस्ल्था गर्ने मान्छेले हान्ग्माको कुरो वकिललाई प्रस्ट्यायो ।
अनि वकिलले भन्यो श्लोकको श्रीमती उनि हुन् ।
तिमि होइन । छक्क परिन हान्ग्मा त्यो सुन्दर फ्रान्सेली अदालतको सिलिङ्गहरु गर्ल्याम्म गुर्लुम्म एकैपल्ट हान्ग्माको टाउलाई किचिमिची पार्ने गरि भत्किएर झर्यो ऊ उभिएको जमिन तल तल भासिदै गयो । उसको घायाल मन फेरि घायाल भयो वकिलले लिगल श्रीमतीको बयान लिंदै थियो तर हान्ग्माले केहि सुनेको थिएन सुने पनि बुझेको थिएन । उसले श्लोकको बैमानीपन र नेपाल कहिल्यै नआएको कुरो सोच्दै थिईन् । कोहि कसरि बस्न सक्छ यति लामो समयसम्म आफ्नो बा..आमा छोरा छोरी अनि श्रीमती संग छुटिएर,आज मात्र थाहा हुन्दैथ्यो हान्मालाई अनि कोटमा बोलाउनुको कारण, लास नेपाल लान नदिनुको कारण, कान्छी तर लिगल श्रीमतीले गोरेनिले गर्दा रहेछ भन्ने पनि थाहा पाईन् ।
हान्ग्माले जति होइन भने पनि उनलाई सुन्ने कोहि थिएन् । श्लोकको मृत्यु पछि भेटिएका केहि नेपाली माझ उनको बयान एक्लो र फितलो हुँदै थियो कारण उनलाई पहिले देखि चिन्ने कोहि पनि थिएनन् । कालो कोटेले त्यो श्लोकको स्वास्नी हुँ भन्ने फ्रान्सेली गोरीलाई प्रस्न गर्दै गयो उनले एकाएक सबै प्रमाण पेश गरिन । कानुनी रुपले बिहे गरेको सबै कागजपत्र थियो उनीसंग । कानुनी रुपले श्लोकको श्रीमती उनि भईन् । अब अदालतले लासलाई कसरी सतगत गर्ने के गर्ने सबै जिम्मा त्यो गोरीलाई दियो । हान्ग्मा त धेरै टाढाको श्रीमती विदेशमा न उसको लोग्ने, न उ प्रतिको केहि अधिकार । बस सबै हेरेको हेरै । जति पनि कम्पनीले दिने पैसा ईन्सुरेन्सले दिने पैसा सबै उसले पाउछ किनकी श्लोकले श्रीमतीको नाम जहाँ पनि जतै पनि उनको नाम लेखेको छ भन्ने फैसला ईजलसले सुनायो । हान्ग्माले सबैको सामु अन्तिम पटक बोलिन ठिकै छ माई लड़ मलाई आशा छैन । क्रमशः
ताप्लेजुङ्ग, हालः बेलायत