सिन्धुलीको जगलमा महिलाको शव

365

माघ १८,
सिन्धुली । सिन्धुलीको जनकन्या गाविस–१ सोलाभञ्ज्याङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । तराई मुलकी जस्तो देखिने अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वनमा नामथर, बतन समेत नखुलेकी रातो रङ्गको कुर्तासुरुवाल लगाएकी, उचाइ पाँच फिट, तराईवासी जस्तो देखिने महिलाको शव फेला परेकाले अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरीे जानकारी दिएको छ । घटनाका बारेमा प्रहरीले जानकारी पाउने बित्तिकै प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । प्रहरीले सोमबार साँझ घटनाको बारेमा जानकारी पाएकाले अहिले महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएको छ ।