Saturday, September 26, 2026
Home Uncategorized पञ्चांगले स्वीकृत गरेका पञ्चांगमा भिन्नता किन ? र पर्व समय सुधार एवं...

पञ्चांगले स्वीकृत गरेका पञ्चांगमा भिन्नता किन ? र पर्व समय सुधार एवं पञ्चाङ्ग सुधार कहिले ?

1558

बलराम श्रेष्ठ
नेपाली जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने नेपालको धार्मिक, साँस्कृतिक, सामाजिक, ऐतिहासिक चाडपर्व पर्वादि तथा सोसँग सम्बन्धित सम्पूर्ण कालजन्य विषयक सक्रान्ति पूर्णिमा, औशि तथा अन्य तिथि लगायत विषुवद, अयन, ऋतुजन्य आवर्तमानसँग सम्बन्धित जप,तपस्नान आदि दान, धर्म, कर्म, साइत, मुहूत्र्त, संस्कारादि व्यव हारिक रुपमा नेपाली जनतालाई बोध गराउने जिम्मा बोकेको सरकारी निकाय नेपाल पञ्चाङ्ग निर्णायक समितिले तत् सम्बन्धमा मुलुकमा नितिगत रुपमा निर्णय गरेर आवश्यक निर्देशन सहित समितिको स्वीकृतिमा पञ्चाङ्ग पात्रो प्रकाशन गर्न चाहने पञ्चाङ्ग निर्माताहरुलाई समितिले निर्णय गरिएका विवरणहरुको आधारमा जनताले धार्मिक, ऐतिहासिक, सामाजिक एवं ऐतिहासिक चार्ड पर्वादि मनाउन भनेर राज्यको तर्फबाट आधिकारिक रुपमा १३ पात्रोलाई समितिले स्वीकृति दिने कार्य गरिदै आएको र कार्य गर्नाबापत आवश्यक बजेट तर्जुमा गरी तलबधारी सचिव लगायत कर्मचारीहरुको समेतको व्यवस्थापन गर्दै पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारी सदस्यहरु एवं पञ्चाङ्गकारहरुले तोकिए अनुसारको भत्ता र अन्य आर्थिक प्राप्त गरिएको तर नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत भएको वि.सं. २०७३ वर्षको पञ्चाङ्ग पात्रोहरुमा जनसरोकारका दैनिकी व्यवहारमा प्रत्यक्ष असर गर्ने गरी फरक फरक ढंगले विवरणहरु प्रकाशन गरेर जनताको करको रकम खाएर पञ्चाङ्ग निर्माताहरुले भ्रम सृजना गरेको र जनताले कुन चाही पात्रो अनुसरण गर्ने भन्ने दुविधा समेत उत्पन्न भएको छ । यसरी ने जनताको करको रकमबाट संचालिनत पञ्चाङ्ग निर्णायक समितिले पनि पञ्चाङ्ग पात्रोमा उल्लेख गर्नु पर्ने समितिका आफ्ना खास निर्णयहरु भएका विवरणहरु जनतामा जानकारी नगराएको र मुलुकको धार्मिक, साँस्कृतिक, सामाजिक एवं ऐतिहासिक चार्ड पर्वादि जस्ता अति संवेदनशिल विषयमा जनताले सुसूचित हुन पाउने हक अधिकारबाट वञ्चित हुने गरी उक्त समिति मौन साँधेर वसेको स्थिति छ । वि.सं. २०७३ वर्षमा पञ्चाङ्ग पात्रो प्रकाशनको लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त १३ पञ्चाङ्ग निर्माताहरु तिनको पञ्चाङ्ग बाट (प्रत्येक महिनामा ६÷७ गते सौर रासी सरे अनुसार सायनार्क लेखिएकोमा दृश्यार्क लेख्ने साथै आश्विन ६ गते तुला विषुवत संक्रमः तथा चैत्र ७ गते साइन वसन्त विषुवत संक्रमः तथा आषाढ ६ गते कर्कटे दिश्यार्क सायन उत्तर दिक्षिणायन आरम्भ तथा पौष ६ गते मकरे दिश्यार्क सायन उत्तरायन आरम्भ लेख्ने पञ्चाङ्ग निर्णायक समितिबाट निर्णय समेत भईसकेको भन्ने बुझिन्छ । यसमा दुई पञ्चाङ्गकारले मात्र उल्लेख गरेका बाँकी कुनै पञ्चाङ्गकार पात्रो निर्माताले निर्णय लागू नगरेको देखिन्छ ।
नेपाल पञ्चांग निर्णायक समिति र यस अन्तर्गत स्वीकृतिमा प्रकाशन हुने उपरोक्त पात्रोहरुमध्ये ११ वटाले वास्तविक सायन उत्तरायन, सायन दक्षिणायन लगायत विषुवतका दिनहरु उल्लेख गरेनन् किन? वर्तमान पञ्चांग निर्णायक समतिको अध्यक्ष रामचन्द्र गौतमको भनाई अनुसार आयन चलनले गर्दा हाम्रा ब्रतोस्वादी चाडबाड मनाउने दिन २४ दिन वर सरिसकेको छ । शास्त्रिय मर्याद एवं आकाशिय ग्रह स्थिति अनुसार सबैभन्दा छोटो दिन माघे सक्रान्ति र सबैभन्दा लामो दिन साउने सक्रान्ति हुन्छ । अहिले सबै भन्दा छोटो दिन पौष ७ गते हुन्छ भने सबै भन्दा लामो दिन आषाढ ७ गते हुन्छ । त्यसै दिन सूर्य उत्तरायण र दक्षिणायन हुन्छ । यो शास्त्र र विज्ञानले पनि सिद्ध गरेको कसैले र कुनै प्रमाणले पनि काट्न नसक्ने अकाट्य नियम हो । अहिले हामीले पात्रोमा लेखिए अनुसार मनाउने गरेका माघेसक्रान्ति र साउने सक्रान्तिमा सूर्य उत्तराण आरम्भ तथा दक्षिणायन आरम्भ हुदैनन् । त्यस्तो असुद्ध दिनमा सूर्य उत्तराण आरम्भ एवं दक्षिणायन प्रारम्भ भएको दिनमा गर्नु पर्ने स्नान, दान, पाठपूजा र लुतःप्रक्षपणदि कर्म गरिरहेका छौं ।
त्यस्तै दिन र रात बराबर भएको दिन वैशाख सक्रान्ति र कात्तिक सक्रान्ति मानिन्छ । त्यस्तो दिन चैत्र ७ गते र आश्विन ७ गते पर्न पाउँछ । पञ्चाङ्गले अहिले वैशाख सक्रान्ति र कार्तिक सक्रान्ति जुन दिन भनि लेखिएको छ । त्यसै दिन त्यो सक्रान्ति पर्दैन । तर, हामीलाइ यस्तो सक्रान्ति नै नपर्ने अशुद्ध दिनमा सक्रान्ति मनाउने पञ्चाङ्गले बाध्य बनाएको छ । सर्वसाधरण जनता पञ्चाङ्गलाई ब्रम्ह वाक्य जस्तै मान्दछन् । र कालको अशुद्धिका कारण सर्वदा निष्फल हुने कर्म गर्न उनीहरुले गर्न परिहरको छ । अतः पञ्चाङ्गमा सिघ्र संशोधन गरी गर्न लगाई अशुद्ध समयमा कर्म गर्न बाध्य हुन पुगेका जनतालाई फलोउत्पादक, शास्त्रसिद्ध शुद्ध सकयमा गर्न पाउने व्यवस्था सरकारको तर्फबाट हुन अतिआवश्यक छ ।
सयम शुद्ध हुनको लागि सायन र निरायन दुवै सक्रान्ति एउटै पूर्णिमा क्षेत्रभित्र पर्नु पर्दछ । अहिले दुई सक्रान्ति २४ दिनको फरकमा छन् र अलग अलग पूर्णिमा क्षत्रमा पर्दछन् । त्यसैले चाडपर्व मनाउने समय शुघ हुन नसकेको हो । सो समय शुद्ध हुनको लागि मेश सक्रान्ति मिन सक्रान्तिमा परिर्णत हुन अतिआवश्यक छ । त्यसो भएको खण्डमा सायन सक्रान्ति र निरायन सक्रान्तिमा ६ दिन जतिको मात्र फरक पर्छ । २४ दिन फरक परेको अवस्थामा ६ दिन मात्र फरक पर्नु भनेको निरायण सक्रान्तिलाई वास्तविक अयन सक्रान्ति र विशुवत सक्रान्ति नजिक पु¥याउनु हो दुवै सक्रान्तिलाई एउटै पर्णिमा क्षेत्र भित्र पार्नु हो । यसो हुन सकेमा हाम्रा समस्त धार्मिक कीर्तिहरु शास्त्र निर्दिष्ट दिनमा मनाउन पाइनेछन् । र मनाएको कीर्ति सर्वदा सार्थक हुनेछ । त्यस्तै वैशाख सक्रान्ति र कार्तिक सक्रान्तिलाई विषुवत सक्रान्ति भनिन्छ । वास्तविक विसुवत सक्रान्ति चैत्र ७ गते र आश्विन ७ गते पर्न जान्छ । ती नै दुई सक्रान्तिको नजिकमा पर्ने फागुन पूर्णिमा र भाद्र पूर्णिमालाई विषुवद प्रारम्भ पूर्णिमा पनि मान्नु पर्छ । ति नै दुई पूर्णिमादेखि क्रमशः वैशाख स्नान, दानादिकर्म र कार्तिक स्नान आकाशदीपदानादिकर्म पनि सुर गर्नु पर्छ । यसै गरेको अवस्थामा मात्र विषुवत पूर्णिमादेखि आरम्भ गरिने स्नान दान हवन आदि समस्त धार्मिक कीर्तिहरु पूर्ण फलदायक हुन्छन् । यी दुवै कुराको ज्ञान भईकन पनि पर्वसुधार राष्ट्रिय कार्यदलको एउटा माहत्वपूर्ण सदस्य भएर मौन भई वस्नु रहस्यको विषय छ ।
यसरी नै वास्तविक उत्तरायन पूर्णिमा लगायत अन्य कयौं पर्वाधिहरु गलत दिनहरुमा प्रकाशन गरिरहेका छन् । धार्मिक कीर्तिमा अति महत्वपूर्ण मानिने उत्तरायन पूर्णिमाकै कुरा गर्नुपर्दा पनि वि.सं. २०७२ वर्षको पात्रो र २०७३ वर्षको पात्रो मात्र अध्ययन गर्दा पनि मंसिर पूर्णिमा नै उत्तरायण पूर्णिमा हो भन्ने सो स्पष्ट हुन्छ । किनभने वि.सं. २०७२ को मंसिर पूर्णिमा पौष १० गते परेको थियो भने २०७३ को पात्रो मंसिर पूर्णिमा मंसिर २८ गते परेको छ । यसबाट स्पष्ट हुन्छ की उत्तरायण पूर्णिमा पौष ६ गतेको अगाडि र पछाडि दुवै तिर जाने हुँदा उत्तरायण वर्तमान समयमा पौष ६ गते नै हो र पूर्णिमाको हिसाबले पनि मंसिर पूर्णिमा नै वास्तविक उत्तरायण पूर्णिमा भएकोले यस मंसिर पूर्णिमालाई नै उत्तरायण पूर्णिमा हो भनि जनसाधारण नेपालीमा सुसूचित हुन पाउनु पर्दछ । हालसम्म माघेसक्रान्ति र पौष पूर्णिमालाई उत्तरायण आरम्भ सम्बन्धी संक्रान्ति पूर्णिमा भनि पञ्चांग पात्रोहरुमा इंगित भईरहनुले पनि देश र जनतामा गलत सूचना प्रवाह भईरहेको स्पष्ट देखिन्छ । यसैले मंसिर पूर्णिमालाइ नै उत्तरायन आरम्भ पूर्णिमा भनि लेखि सही सूचना प्रवाह होस् भनि श्रीमान्मा अनुरोध गर्दछौं । आवश्यक परेमा १ सय वर्ष अगा िडको मंसिर पूर्णिमा र १ सय वर्ष पछाडिको मंसिर पूर्णिमाले पौष ५,६,७ गते उत्तरायण आरम्भलाई अंगालेको प्रमाणित हुन्छ । यस सत्य तथ्यलाई जनसमर्थनको रुपमा ज्योतिष राजमान बज्राचार्यले आफ्नो भित्ते पात्रोमा किटेरै जनाउनु भएको छ ।
अतः पञ्चांग पात्रोहरुमा उल्लेखित भएका सबै कुराहरु सर्वसाधरण नेपाली जनता सबैले बुझेका हुदैनन् । ती नबुझेको धेरै बुँदाहरुमध्ये नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट समान स्वीकृति पाएका पञ्चाङ्ग (पात्रोहरुमा) विविध खाले विवरणहरु व्यप्त रहेको प्रमाण माथि कैफियतमा उल्ले भएका कुराबाट छर्लङ्ग भएका छन् । ती केही नमुना मात्र हुन् । के कारणले मुलुकको पञ्चांग पात्रोले सुद्धता प्राप्त गर्न सकिरहेका छ्रैनन् । यसले गर्दा अनिश्चितताको भूमरीमा दिनानुदिन फसिरहेका छन् भन्ने लाखौं जनाता भने देश छोडेर बाहिरिन परेको स्थिति छ । यसरी नै विवाहका शुभ साइत भनेर दिईका साइतहरु कुसाइत परेर होलान् अचले सम्बन्ध विच्छेदका संख्या दिनानु दिन बढीरहेको छ । आखिर यस्तो स्थिति किन भयो ? यो सबैको जिम्मेवारी नेपाल पञ्चांग निर्णायक समितिले जिम्मेवारी पूर्वक कर्तव्य निर्वाह गर्न नसक्दाको नतिजा हो भन्दा अतियुक्ति नहोला किनभने समिति समयअनुसार चल्न सकेको छैन भने सो अन्तर्गतको पञ्चांग पात्रो चल्ने त कुरै भएन । विद्वान भनाउदा केही मानिसहरु किताबको किरो भएर ठूलठूला कुराहरु गर्दछन्, तर प्रत्येक्ष रुपमा देखिाईरहेको प्रमाणिक कुराहरुलाइ भने व्यवहारिक रुपमा अनुभुति भने गर्दैनन् । अनि देश र जनताले कसरी उपभोग पाउँछ । देश र जनतालाई समय अनुसार डो¥याउने अग्रगामी भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवार निकाय पञ्चांग निर्णायक समितिले यथास्थितिको मार्ग अवलम्बन गर्दा समिति आज निस्काम भएको अवस्था छ । यदि प्रत्येक्षलाई नकार्ने हो र धर्मशास्त्र एवं ज्योतिष शास्त्र अनुसार नविन कार्य नगर्ने हो भने पञ्चांग पात्रोहरु त पञ्चांग निर्माताहरुले निकालिहाल्छन् किन चाहियो पञ्चाङ्ग निर्णायक समिति ?
तत्कालिन पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. मंगलराज जोशी समेतको सल्लाहमा गठित उपसमितिमा मिति २०७३।०३।०८ मा संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन २०६४ को आधारमा नेपाल सरकारबाट २०६५ पौष १६ गते मन्त्री परिषद्को निर्णय अनुसार
क) वि.सं. २०६६ को सौर चैत्र महिनालाई हटाई सोको सट्टा वि.सं. २०६७ सालको वैशाख शुरु गर्ने ।
ख) वि.सं. २०६७ को वैशाख महिनामा पर्ने अधिक मासलाई साधारण महिना सरह गरी चान्द्रा पर्वहरु १ महिना वर तान्ने भन्ने निर्णय भएको थियो । सो निर्णय अनुसार विगत केही वर्षदेखि पर्व सुधारका अभियान्ताहरुले चाडपर्वहरु १ महिना अगावै मनाइरहेका पत्रपत्रिकाबाट कुरा थाहा पाउन सकिन्छ । सो कार्यदले प्रकाशन गरेका भित्तेपात्रो हेर्दा त्यसमा कुनै गल्ती औल्याउने ठाउँ छैन । समितिको वैठकमा जनतासँग सिधा सरोकार हुने समसामयिक विषय छलफलका निर्णयहरु जनताले सुसूचित हुन पाउने अवसर पाउनु पर्दछ । यो जनअधिकारको सुनिश्चितता हुने हक पनि हो । के कारणले समितिको स्वीकृति पाएका ती पात्रोहरुमा त्यसरी भिन्नता विविधता भए ? समितिका आधिकारिक निर्णयहरु के हुन् । नेपाल पञ्चांग निर्णायक समितिका सबै पदाधिकारी एवं सदस्यहरु समेतको संलग्नतामा गहन अध्ययनको आधारमा प्राप्त प्रतिवेदनको आधारमा नेपाल सरकारले २०६५ सालमा निर्णय गरेको थियो । की पञ्चांग निर्णायक समितिले यो गलत हो भनि पुष्टि गर्नु प¥यो होइन भने त्यही प्रतिवेदनको आधारमा २०७५ सालमा पर्ने अधिकमासलाई बालमुकुन्दिय वर्ष मानी चान्द्र पर्वहरु १ महिना वर तान्नलाई खुट्टा कमाउनु हुन्न । सत्य कामको सधैं जित हुन्छ जानी राखौं । सो कार्यमा समस्त जनहरु, जनप्रतिनिधिहरु र सर्वसाधरणहरुले सहयोग गर्नेछन् ।
धर्मो रक्षति रक्षितः
सर्वे भवन्तु सुखिनः