Thursday, October 1, 2026
Home Uncategorized होटल चिनियाँ पर्यटकले भरिभराउ

होटल चिनियाँ पर्यटकले भरिभराउ

324

माघ १६,
म्याग्दी। म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् ।
पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका हुन् ।
पदमार्गको भ्रमणमा आएका पर्यटक हिउँ खेल्न पाउँदा दङ्ग परेका छन् । घोडेपानीमा रहेका २३ वटा सुविधासम्पन्न होटल चिनियाँ पर्यटकले खचाखच भरिएका छन् । एक सातासम्मका लागि होटल बुक भएका व्यवसायीले बताएका छन् ।
पुनहिल, घोडेपानी, देउराली क्षेत्रमा दुई फिटसम्म बाक्लो हिउँ परेको छ । हिउँ खेल्दै सेताम्मे बनेका डाँडाकाँडाको दृष्यावलोकन गर्न पाउनु थप आकर्षण बनेको छ ।
शनिबार बिहान २०० भन्दा बढी पर्यटक पुनहिल पुगेका थिए । हिउँ खेलेर रमाइलो गर्नका लागि कतिपय पर्यटकले घोडेपानी बसाइँ थपेका छन् । पोखरालगायतका सहरबाट आन्तरिक पर्यटक पनि हिउँ खेल्न घोडेपानी, पुनहिल पुगेका छन् । पुनहिल सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि प्रसिद्ध छ ।