Thursday, October 1, 2026
Home Uncategorized अभियानको लागि सडकमा निर्वस्त्र महिला

अभियानको लागि सडकमा निर्वस्त्र महिला

252

एजेन्सी ।जब बेलायतको लिभरपुलमा बटुवाहरुले सडकको बिचमा एक महिलालाई नग्न अवस्थामा पल्टिएको देखे, सबै अचम्ममा परे । उनीमाथि कुनै आपत् परेको वा दुर्घटना भएकाले त्यसरी सडकबीचमा नाङ्गै पल्टिएको हुनसक्ने लख काटियो सुरुमा । तर जब मानिसहरु उनको नजिक पुगे, काण्ड त अर्कै रहेछ । लिभरपुलमा सहरको मध्य भागमा एक ठूलो प्लेट आकारको पेन्टिंगमा ती महिला निर्वस्त्र भएर सुतेकी थिइन् र उनको छेउमा केही तरकारीहरु राखिएको थियो ।मानिसहरुले शाकाहारी समाज निर्माणका लागि मध्य सडकमा निर्वस्त्र हुने अभियानकर्मी महिलाको प्रशंसा गरेका छन् र धेरैले उनको फोटो पनि खिचे । त्यहाँ शाकाहारी बन्नका लागि आग्रह गर्दै केही सन्देश पनि लेखिएको थियो । मानिसहरुलाई मासुको साटो सागपात खान अपिल गरिएको थियो र मानिसहरुलाई क्रिसमसमा मासु नखान अपिल गरिएको थियो । यो पूरै नौटङ्की एक अभियानको हिस्सा हो । जनावर अधिकारको पक्षमा काम गर्ने संस्था पेटाले त्यो अभियान चलाएको हो । जस अन्तरगत मानिसहरुलाई मांसाहारी भोजन त्यागेर शाकाहारी बन्न आग्रह गरिँदै आएको छ ।