अभियानको लागि सडकमा निर्वस्त्र महिला

232

एजेन्सी ।जब बेलायतको लिभरपुलमा बटुवाहरुले सडकको बिचमा एक महिलालाई नग्न अवस्थामा पल्टिएको देखे, सबै अचम्ममा परे । उनीमाथि कुनै आपत् परेको वा दुर्घटना भएकाले त्यसरी सडकबीचमा नाङ्गै पल्टिएको हुनसक्ने लख काटियो सुरुमा । तर जब मानिसहरु उनको नजिक पुगे, काण्ड त अर्कै रहेछ । लिभरपुलमा सहरको मध्य भागमा एक ठूलो प्लेट आकारको पेन्टिंगमा ती महिला निर्वस्त्र भएर सुतेकी थिइन् र उनको छेउमा केही तरकारीहरु राखिएको थियो ।मानिसहरुले शाकाहारी समाज निर्माणका लागि मध्य सडकमा निर्वस्त्र हुने अभियानकर्मी महिलाको प्रशंसा गरेका छन् र धेरैले उनको फोटो पनि खिचे । त्यहाँ शाकाहारी बन्नका लागि आग्रह गर्दै केही सन्देश पनि लेखिएको थियो । मानिसहरुलाई मासुको साटो सागपात खान अपिल गरिएको थियो र मानिसहरुलाई क्रिसमसमा मासु नखान अपिल गरिएको थियो । यो पूरै नौटङ्की एक अभियानको हिस्सा हो । जनावर अधिकारको पक्षमा काम गर्ने संस्था पेटाले त्यो अभियान चलाएको हो । जस अन्तरगत मानिसहरुलाई मांसाहारी भोजन त्यागेर शाकाहारी बन्न आग्रह गरिँदै आएको छ ।