चोरी गर्ने भारतीय युवती पक्राउ

263

पुस ११ ।
काठमाडौं । राजधानीमा चोरी गर्दै हिडिरहेकी एक भारतीय युवतीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् ।
चोरी गरी भाग्दै गरेकी भारत मद्रास घर भई काठमाडौं सिनामंगल डेरा गरी बस्ने २३ वर्षीया अन्जली गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१३ स्थित सुभद्रा पोख्रेलको दुईतले घरबाट आइतबार जुस पेल्ने मेशिन चोरी गरी भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय बासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।