Saturday, September 26, 2026
Home Uncategorized बालाजु लायन्स क्लबद्धारा उम्मेदवारी दर्ता

बालाजु लायन्स क्लबद्धारा उम्मेदवारी दर्ता

837

माघ १०,
काठमाडौ । लायन्स क्लब अफ बालाजुले लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि१ को आगामी चैत्र ५ गते सम्पन्न हुन गईरहेको डिष्ट्र्क्टि कन्भेन्सनको लागि लायन्स क्लब अफ बालाजुका पूर्व अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि१ का पूर्व क्याविनेट सेक्रेटरी सहयोगी एवं क्रियाशिल लायन मणिश्रीरत्न बज्राचार्यलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि१ को आगामी लायन वर्ष २०१७÷१८ का लागि द्धितिय भाइस डिष्ट्र्क्टि गभर्नरको पदमासमारोहको आयोजना गरी मनोनयन दर्ता गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि१ का गभर्नर लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नोमिनेशन कमिटिका अध्यक्ष लायन गिरिधारी शर्मालाई लायन मणिश्रीरत्न बज्राचार्यको मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । आयोजक लायन्स क्लब अफ बालाजुका अध्यक्ष लायन राजु खडकाको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथि गभर्नर बालकृष्ण बुर्लाकोटीका अलावा लायन लिडरहरु पंकज प्रधान, गिरीधारी शर्मा, भूगोल शेरचन, कयामुद्दिन तथा लायन्स क्लब अफ बालाजुका चार्टर प्रेसिडेन्ट तथा पूर्व गभर्नर लायन गौतममान श्रेष्ठलगायतले लायन मणिश्रीको उम्मेदवारीप्रति बधाईका साथ सुभकामना प्रदान गरेका थिए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि१ का अधिकांश क्लब प्रेसिडेन्टहरुसहितको उपस्थिति रहेको उक्त कार्यक्रममा लायन मणिश्रीको बारेमा बालककालदेखिको साथी लायन सुमन भट्टले बताए ।