कविता: म अनागरिक

248
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

-जानू काम्बाङ लिम्बू

हाल्लाहरू बिनाको शहर
कोलाहल बिनाको बस्ति
मैले भोगेको
हिजो र अस्ति भन्दा फरक बरिबेश
सुनशान सडक
आवाजविहीन गाडीहरू माँझ उभिएर
म, बेहिसाब हल्ला गरिरहेछु ।

नबुझिने एक बथान अक्क्षरहरू
मेरो आखाँ ओरिपरि नाचिरहन्छन्
अनबिज्ञ लाखौं आवाजहरू मेरो कान नजिकै
सल्बलाउञ्छ्न्न
अनौठा लाग्छन्, मलाई घुर्ने नयनहरू
अपरिचित लाग्छन् धर्ति र आकास पनि,

सोध्नु छ ईश्वरलाई
म अनागरिक हुनुको कारण
बुझ्नु छ, बम गोला र बारुदले
मेरो देश उडाईनुको कारण
खोज्नु छ मेरो अम्मि र अब्बुको सपना जल्नुको अर्थ ?

मेरा खेत र खोरियाहरू
मेरा गाउँ बेंसी अनि साथी संगीहरू
जस्तै मेरो देश र नागरिकता पनि
उही छुटेका हुन्
जुन दिन गोलि लागेर ढलेका
अम्मि र अब्बुको छाती टेकेर म भागेको थिए ।

तातै थियो मेरो अम्मिको छाती
आलै थियो मेरो अब्बुको रगत
उही अम्मिको तातो छातीमा
मेरो भोक छुटेको हो
अब्बुको रातो रगतमा
मेरो परिचय छुट्यो
सिमाना नाघेपछि देश पनि छुट्यो ।

मेरो देशलाई फर्केर हेरें
अब्बुले भाग छोरा भाग भनि रहेथ्यो
अम्मिलाई हेरें,
आऊ अन्तिम पल्ट मेरो तातो छाती चुसेर जाऊ भनिरहेथ्यो
म उतैतिर दौडिएँ
तर, मलाई कसैले ताने पछिबाट
तेस्पछि, भएको हुँ, म अनागरिक
उही दिनदेखि म, सडकमै छु
यहि उभिएर
आफ्नो देश खोजिरहेछु ………………।
ताप्लेजुङ हाल: बेलायत