पूर्वराजा ज्ञानेन्द्र शीतलनिवासमा जाने

141

माघ ३,
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा निम्तो पठाएकी छिन् । राष्ट्रपतिले पठाएको निम्तोमा पूर्वराजा शाहलाई सोमबार मध्यान्ह १२ बजेका लागि शीतलनिवासमा बोलाइएको छ । राष्ट्रपति भवनभित्रै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवका नातेदार (नाति) अभिशेष यादवसँग हुँदैछ । पूर्वराजपरिवारका सदस्यहरुमा विवाह लगायतका सामाजिक समारोहरुमा निम्तो आएका बेला सहभागिता जनाउने संस्कार र परम्परा रही आएको छ । राष्ट्रपति कार्यालय स्रोतले पूर्वराजाबाट विवाहमा सहभागिता जनाउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । पूर्वराजा ज्ञानेन्द्रले गणतन्त्र आएयता एकचोटि पनि शीतलनिवास टेकेका छैनन् । सोमबार राष्ट्रपतिको निम्तो मान्न उनी शीतलनिवास गए भने राष्ट्रपति कार्यालयमा पूर्वराजाको त्यो पहिलो उपस्थिति हुनेछ ।