मिन बहादुर पण्डित
ब्यापार ब्यवसाय भनेको दुइ तर्फी हुनु पर्दछ, आफ्नो चाँही सबै कुरा बेच्न खोज्ने तर अरुको चाहि केहिपनि किन्न नचाहने पनि अशल छिमेकी हुन सक्छ र ? एउटा अशल छिमेकीमा हुनु पर्ने गुण भारत संग छ ? के भारतले अशल छिमेकीको भूमिका निभाएको छ ? के नेपाली जनता भारतलाइ अशल छिमेकी मान्छन ? छिमेकि भनेको अरुको दुःखमा मद्दत गर्ने हो की अरुको दुःखको फाइदा उठाउने हो ? केहि नेपाली नेताले भन्दैमा भारत अशल छिमेकी हो भनेर मान्न सकिन्छ ? यी सबालहरु आज स्पस्ट रूपले खड़ा भएका छन् । हाम्रा बीर पुर्खाले ज्यानको बाजी थापेर अंग्रेज संग लडेर यो देशलाइ जोगाए, अब हामीले बलले होइन बुद्धिले भारत संग लडेर यो देश बचाउनु पर्छ र बनाउनु पर्छ । किनकी अनेक जाल झेल र परिबंदमा पारेर भारतले नेपाललाई असफल रास्ट बनाउने कोशिस तीब्र रूपले गर्दै आएको छ ्र अनेक तरिकाले र हरेक क्षेत्रमा भारतले नेपाल माथि प्रभाब पार्न खोजि रहेको छ । उसका अनेक स्वार्थ पूरा गर्न नेपाली राजनीतिज्ञहरुलाई बिभिन्न प्रलोभनमा पारेर प्रयोग गर्दै आई रहेको छ । त्यसैले हामीले भारतलाइ हस्तक्षेप कारी भूमिका निर्बाह गर्न बाट बंचित गर्न सक्नु पर्दछ । पृथ्वी नारायण साहले त्यही बेला भनेका थिए दक्षिणको छिमेकी धूर्त छ होशियार रहनु । यदि भारतमा ब्रिटिश मात्र नआइदिएको भए आधा इंडिया नेपालले खाइदिने थियो । ब्रिटिशले ठुलो इंडिया बनाइ दिएर गएका हुन, अहिले हामी सँगै फुर्ती गर्न सुहाउँछ ? भारतको नीति र नियत बुझेर पनि एदि कषैले भारतलाई जल बिधुतमा लगानी गर भन्छ भने उसले कमिसन खानको लागि नै भनेको हो भनेर बुझ्नु पर्दछ । पोहोर साल मोदि नेपाल भ्रर्मणमा आउदा नेपाली बिजुलि किन्ने उदघोषण गरेर गएका थिए । अनी नेपालमा पाँच सए र हजÞारका भारू चलाउने सहमति समेत गरेका थिए । त्यसैले कतिपय भारतीय पर्यटक नेपाल घुम्न आउदा भारू लिएर आउन थाले र नेपाली ब्यवशाईले पनि भारू स्वीकारे ्र तर अहिले भारतीय पर्यटकले दिएको भारू नचल्दा कागजÞको खोस्टा दिएर होटलमा बसेर सित्तैमा खाएर गए जस्तो भएन र ? अर्को कुरा अहिले भारत सरखारले उसको देशको लगानी भएको आयोजना बाट मात्र नेपाली बिजुलि किन्ने नीति लिदैछ भन्ने हल्ला सुनीदै छ । यदी यो हल्ला साँचो हो भने अब हामीले पनि नेपाली लगानी भएको भारतीय उद्योगको सामान मात्र किन्नू पर्छ । यदी उसले भारतीय लगानी नभएको आयोजना बाट नेपाली बिजुलि किन्दैन भने हामीले पनि नेपालीले लगानी नगरेको कुनै पनि भारतीय उद्द्योगको सामान किन्नू हुदैन । अब हामीले भारतीय खाद्यान्न, तरकारी र फलफूलको आयात पनि क्रमसः घटाउँदै लाने नीति लिएर नेपाल मैं उत्त्पादन थाल्नु पर्छ । हाम्रो पनि माटो मलिलो छ, सिंचाईको लागि प्रसस्त पानी छ । जनशक्ति पनि छ, छैन त केबल उत्पादन गर्ने संकल्प र इच्छा शक्ति । भारत तीर बाट सामान कीन्नुको सट्टा बरु किलोमा २ रुपैया महंगो नै किन नपरोस तर नेपाली सामान नै किन्नू पर्छ । यसो गर्दा बजारमा रुपैयाको तरलता हट्छ र नेपाली रुपया बिदेशिन बाट बच्छ । अनी मात्र देश र जनता संपन्न हुने छन् । सके सम्म भारत तर्फ सिमाना बार्नु पर्छ अनि भारतीय आप्रबासीलाइ रोक्नु पर्छ । ५० करोड़ बेरोजगारी भएको देश संग खुल्ला सीमा राखेर कहिले पनि देश सुरक्षित र संपन्न हुन सक्दैन । अहिलेको तराईको समस्या र संविधान संसोधनको समस्या पनि तिनै भारत तीर बाट आएका हरुलाई अधिकार दिने कुरा संग समन्धित छ । हामीले अहिले भारतको स्वार्थमय परेर हिमाल पहाड़ र तराई छुटायौ भने हाम्रो तराईको बिकाश हुन सक्दैन, किनकी खनिज, जल श्रोत, बन जंगल सबै कुरा बराबर हुदैँन ।
भारतले उसको देशको लगानी भएको उदद्योगको मात्र बिजुलि किन्छु भन्नुको मतलब नेपाली नदीनाला कब्जा गरेर तेश्रो देशको लगानी रोक्नु नै हो । लगानी पनि उसको अनी प्रयोग गर्ने पनि उहि ? ठाउ पनि हाम्रो, नदी पनि हाम्रो तर उसको सोच नराम्रो । ठीक छ उसको लगानी बिनाको बिजुलि नकिन्ने हो भने हाम्रो नदी र ठाउ प्रयोग गरे बापत ५० ५ बिजुलि हामीलाई सित्तैमाँ दिनु पर्छ, ३० बर्ष कटेपछि सम्पूर्ण स्वामित्व नेपाल सरखारको हातमा आउनु पर्छ ्र होइन भने जाबो अली अली राजश्व वा कर दिएको भरमा नदी भारतलाई दिन सकिन्न, किनकी भविष्यमा हाम्रा सन्ततिलाई बिजुलि चाहियो भने हामीले अर्को नदी कँहा बाट ल्याउने ? एदी हामीले यशो गर्यौ भने हाम्रा सन्ततिले हाम्रो सधै आलोचना गर्ने छन् ।
ब्राजिल पछि नेपाल जल बिद्युतमा दोस्रो धनि भनिन्छ । ब्राजिलको एउतै आयोजना बाट ४० हजार मेगावार्ड बिद्युत उत्पादन हुन्छ । भुटानको एउतै आयोजना बाट १० हजार मेगावार्ड बिद्युत उत्पादन हुन्छ । सन्सारमा अत्याधुनिक उपकरण आइसक्यो, तेशैले अहिले ८४ हजार होइन हामि २ , ३, लाख मेगा वार्ड बिजुली उत्पादन गर्न सक्छौ । नेपालको राजनीतिक अस्तिरता, कमिसन चक्कर , सान्ति सुरक्ष्या, बन्द हड्तालनै बिधुत बिकासका अबरोध हुन् ्र कुनै पनि योजना अहिले अलि कता महँगो परे पनि, अलिकता नेपालला घाटा भएपनि एसले दिर्घकालिन रुपमा फाइदा नै दिन्छ ्र उदारणको लागि अरुण तिनको ९ रुपिया प्रति यूनिट महँगो भयो भनेर १० वर्ष अगाडी एमालेले बन्न दिएँन तर ्र त्यो आयोजना बन्दिएको भए अहिले धेरै सस्तो हुन्थ्यो, अहिले हामी १२ रुपैया पर यूनिट तिरर्दैछौ । खेर गइ रहेको पानीलाई भारत सदुपयोग गर्न चाहन्छ भने दिनु पर्छ तर भारतलाइ मात्र गालि गर्नुको सट्टा विज्ञको सल्लाह लिएर उचित सम्झौता गर्न सक्नु पर्यो, तर एदी उचित तरिकाले भारत सम्झौता गरेर बनाउन चाहन्न भने ठिकै छ नबनावोश हामीलाई के फरक पर्छ र ? हामीले उसको बिजुलि महांगोमा बर्षौ देखि कीन्यौ अब हाम्रो उत्पादन हुने अबस्थामा अनेक पोलिसी गर्दैछ । यदी उसलाई जरुरत भयो भने नकिनी सूखै छैन । अब हामीले भारतको मात्र लगानी हुने गरि कुनै पनि आयोजना अगाडी बड़न दिएर नदी कब्जा गर्न दिनु हुदैन । समझौता भई सकेका आयोजनाको पनि समझौता रद्द गर्नु पर्छ । ठाउ हाम्रो नदी हाम्रो अनी लगानी र प्रयोग चाही उसको ? अनी हामी लाटाले पापा हेरेको जस्तो हेरेर बस्ने ? बरु सरखारले आयोजनाका लागि शेर खोलि दियोस । बिश्व भर छरिएर रहेका नेपालीहरुले लगानी गर्ने छन । एदी माथिल्लो तामाकोशी नेपाली लगानी श्रम र सिपमा बन्न सक्छ भने अरु आयोजना किन बन्न सक्दैन ? बरु चिनिया लगानी भित्राउ र चीन तीर बिजुलि बेचौ, किनकी भारतको जस्तो घाटी दबाएर चीनले समझौता गर्दैन । उसले नेपालको लागि पनि सहयोग र फायदा पुग्ने गरि समझौता गर्छ । चीन आफ्नो साथ साथै अरुको पनि फायदा हेर्छ । अमेरिकाले पनि आफ्नो देशमा जलासय युक्त थुप्रै आयोजना बनाएर देश भरी बिजुलि पुरायो तर अहिले अरु देशलाई जलासय युक्त आयोजना नबनाउ, बाताबरण बिग्रिन्छ, लाखौ जनता बिस्तापित हुन्छन् भन्दैछ र बिदेशी लगानी कर्तालाई जलासय युक्त आयोजनामा लगानी नगर्न निर्देशन समेत दिएको छ । त्यस कारण बिदेशी चलखेल र चाल नबुझे सम्म देश बिकाश हुन सक्दैन । नत्र देश झन झन बर्बादी तीर धकेलिने छ ्र सिमित ब्यक्तिलाइ स्वार्थमा पारेर भारतले नेपाललाइ सिक्किम वा भूटान बनाउन खोज्दैछ । मदेशीलाइ अधिकार दिनु पर्छ भन्ने भारतले मदेशबासी नेपालीलाइ भारतीय आर्मीमा लिएर देखावस । त्यसकारण भारतले नेपालमा अनेक समश्या सृजना गराएर कमजोर पारेर आफ्नो प्रभाब बढाउने चाल मात्र हो । त्यसैले देश बनाउने हो भने अब हामीले हाम्रो बुद्दि र बिबेक प्रयोग गर्ने पर्छ ।