निर्देशक दिए सेन्सर वोर्डलाई चुनौती

180

फिल्म लुट २ को ट्रेलर सार्वजनिक गर्दै निर्देशक निश्चल बस्नेतले सेन्सर वोर्डलाई कडा चुनौती दिएका छन् । लुट सेन्सरपछि एडल्ट सटिफिकेट पाएको कुरालाई स्मरण गर्दै निश्चलले अब भने दृश्य काँटछाँट अनि संवाद काटेर एडल्ट सटिफिकेट लिएर सेन्सरबाट नफर्किने बोलेका छन् । नेपालमा फिल्म बनिसकेपछिको सबैभन्दा ठुलो टाउको दुखाई मानिँदै आएको छ, फिल्मको सेन्सर । चलचित्र जाँचपासको निकाय सेन्सर वोर्डले आवश्यक नभएका दृश्य समेत काँटछाँट गर्ने गरेको, सदस्यहरुले मनोमानी ढंगले सेन्सर सटिफिकेट दिनेगरेको आरोप समेत फिल्मकर्मीले लगाउँछन् । एडल्ट सटिफिकेट दिने भए संवाद अनि दृश्य काँट्न नहुने अनि सबै काट्यो भने ’युनिभर्सल’ दिनुपर्ने निश्चलको तर्क थियो । पुराना उदाहरण हेर्ने हो भने सार्वजनिक ट्रेलरमा नै केहि यस्ता शब्द समावेश छन् जुन दृश्य अनि संवादलाई सेन्सर वोर्डले आँखा चिम्लेर काँटछाँट गर्नसक्छ । निश्चलले यसअघि नै रिलिजको एक महिना पहिले नै सेन्सरको लागी प्रक्रिया अघि बढाउने र दृश्य अनि संवादमा अनावश्यक काँटछाँट हुने देखिए अदालतको ढोकासम्म पुग्ने बोलिसकेका छन् ।