एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

201

पुस १९,
काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग चार विकास बैंक गाभिएर एकीकृत कारोबार सुरु भएपछि राष्ट्र बैकले व्यवस्थापन समिति हस्तान्तरण गरेको छ । २०७० साल माघ २१ गतेदेखि नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसंग हालै चारवटा विकास बैंकहरु क्रमशः इन्फ्राष्ट्रक्चर डेभलपमेण्ट बैंक लिमिटेड, एपेक्स डेभलपमेण्ट बैंक लिमिटेड, सुप्रिम डेभलपमेण्ट बैंक लिमिटेड र इन्टरनेसनल डेभलपमेण्ट बैंक लिमिटेड मर्ज गरी यहि पुस १७ बाट एकीकृत वित्तीय कारोबार सुरु भएको थियो । बैंकले एकीकृत कारोबार सुरु गरेको भोलिपल्ट अर्थात पुस १८ गते नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएको एनसीसी बैंकको तदर्थ सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंकबाट तोकिएको व्यवस्थापन समितिले व्यवस्थापन हस्तान्तरण गरेको बैंकका प्रवक्ता बन्दना पाठकले जानकारी दिएकी छिन ।