नायिका सरीता लामिछाने काँग्रेसमा

390

रेखा थापालाई काउन्टर दिन सरीता लामिछाने काँग्रेसमा
काठमाडौं– अभिनेत्री रेखा थापा राप्रपामा प्रवेश गरेको केही दिनमै अर्की नायिकाले पनि राजनीति कोर्स शुरु गर्ने भएकी छिन् । नायिका सरीता लामिछाने बुधवार काँग्रेसमा प्रवेश गर्ने भएकी छिन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले सरीतासहित कलाकार रामकेश बोगटी, रिस्ता बस्नेत, पुस्कर लामा लगायतका कलाकारलाई बुधवार पार्टी प्रवेश गराउँदैछन् । सभापति देउवा निवास बुढानिलकण्ठमा कार्यक्रम आयोजना गरेर उनीहरुलाई पार्टी प्रवेश गराउन लागिएको काँग्रेसले जनाएको छ ।