जुवा तास खेल्ने पक्राउ

424

काठमाडौं । भाईकुमार महर्जनको ललितपुर महालक्ष्मी नगरपालिका–१८ ईमाडोलको घरमा जुवातास खेलिरहेका काभ्रे मंगलटार घर भई ग्वार्खो बस्ने २७ वर्षीय सुरज तामाङ सहित ७ जनालाई प्रहरीले गएराति नगद ३ लाख ६६ हजार ५५ रुपैयाँ, १५ वटा कौडा र तास सहित पक्राउ गरेको छ । यसैगरी ललितपुर उपमहानगरपालिका–९ सुनिल लामाले भाडामा लिएको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३१ वर्षीय आईत लामा सहित १३ जनालाई प्रहरीले शनिबार नगद ३ हजार ३ सय ५० रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको छ । बारा गढीमाई–७ बस्ने ईमरान मियांको गोदाम घरमा कौडा खेलिरहेका सोही ठाउँ बस्ने ४० वर्षीय हरिचन्द्र हजरा लगायत ६ जनालाइ प्रहरीले शनिबार नगद १ लाख ३८ हजार ४ सय १० रुपैया र १६ वटा कौडा सहित पक्राउ गरेको हो ।