श्रीमानको हत्याको आरोपमा श्रीमती पक्राउ

334

पुस १४,
मोरङ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पाटीगाउँ–१ बस्ने ३५ वर्षीया ऐश्वर्य राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले बुधबार ३७ बर्षीय श्रीमान हंस बहादुर राईलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको बताइएको छ ।
प्रहरीले घटनास्थलबाट बन्चरो बरामद गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।