सुदूर र मध्यपश्चिम तस्बिरमा

353

काठमाडौं -मानघरी फाउन्डेसन र घुमफिर नेपाल आयोजनमा फोटो पत्रकार भरतबन्धु थापाको समृद्ध मध्यपश्चिम फोटो र वाइल्ड वेस्ट भिडियो आजबाट सकिएको छ । मध्य तथा सुदूरपश्चिमका पर्यटकीय स्थललाई तस्बिर तथा भिडियोबाट प्रचारप्रसार तथा प्रवद्र्धन गर्न तस्बिर तथा भिडियो प्रदर्शनी गरिएको मनघरी फाउन्डेसनका संरक्षक प्रेमबहादुर थापाले बताए । मध्यपश्चिमका १५ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूका ५० तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा विशेष गरी आन्तरिक पर्यटकहरूको रोजाइमा परेको रारा, जुम्ला, दैलेख, बर्दिया,ख प्तड, बडिमालिका,स्वर्गद्वारी लगायत तस्बिर तथा भिडियो प्रदर्शनीमा राखिएको फोटो पत्रकार भरतबन्धु थापाले बताए ।
bharta-bandhu