कुटपिट गरी श्रीमतीको हत्या

260

दार्चुला । श्रीमान् श्रीमतीबीच झगडा भएको र सोहि क्रममा श्रीमानको कुटाइबाटएक महिलाकोे मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भगवती गाविस–७ का घुत्तीसिंह धामीकी २७ वर्षीय श्रीमती सोना धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाबारे आज बिहान मात्रै थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक धामीसहित उनका श्रीमान् र चार छोराछोरी मजदुरीको सिलसिलामा दत्तु गाविस–७ महाकाली किनारमा त्रिपाल मुनि बस्दै आएको प्रहरीले जनाएको छ । अभियुक्त धामी फरार रहेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी राति अबेर घरमा आएका घुत्तीसिंहले लगातार कुटपिट गरेपछि आमाको मृत्यु भएको उनको छोराले प्रहरी समक्ष बताएका छन् ।