एजेन्सी। अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट ९आईएस० ले ठूला शक्ति राष्ट्रहरुलाई आतंकित बनाइरहेको भए पनि एक युवतीका कारण आईएस आफैं आतंकित भइरहेको छ । सिंगो आईएसलाई आतंकित तुल्याउने युवतीको नाम जोआना पलानी हो । आईएसले उनको टाउकाको मूल्य नै तोकेको छ । जोआनाको हत्या गर्नेलाई १० लाख डलर दिने घोषणा आईएसले गरेको छ । कुर्दिश मूलकी २३ वर्षीया जोआना डेनमार्ककी नागरिक हुन् । हाल उनी कोपेनहेगनस्थित जेलमा छिन् । सन् २०१४ मा विश्वविद्यालयको पढाइ छोडेर उनी सिरिया र इराकमा आईएसविरुद्ध युद्धमा होमिइन् । कुर्दिश रिभोल्युशनसँग मिलेर उनी आईएसविरुद्ध युद्धमा सहभागी भइन् । उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । डेनमार्कको कानुनअनुसार त्यहाँका नागरिकले अन्य मुलुकका लागि युद्ध गर्न पाउँदैनन् । उनीमाथि आईएसलाई डेनमार्कको मध्यपूर्वमा स्थापित गरेको आरोप पनि लागेको छ ।
उनलाई आईएसले लगातार धम्की दिइरहेको छ । पलानीले फेसबुकमा लेखेकी छन्, ‘म डेनमार्क र अन्य मुलुकका लागि कसरी खतरा भएँ रु मैले डेनमार्क मै सैन्य तालिम लिएँ, म आईएसविरुद्ध लडेकी थिएँ ।’ आईएसले टाउकाको मूल्य तोकेकोमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् तर आफ्नै मुलुकमा झेल्नु परेको कानुनी कारवाहीबाट भने उनी दुःखी भएकी छन् ।