कालो वर्णका महिलामा स्तन क्यान्सरको खतरा दोब्बर

289

बीबीसी हिन्दी| गोरो वर्णका महिलाहरुमा भन्दा कालो वर्णका महिलाहरुमा स्तन क्यान्सरको खतरा झण्डै दोब्बरले बढि हुने एक अनुसन्धानले देखाएको छ । बेलायतस्थित युके क्यान्सर रिसर्च तथा इंगल्याण्ड पब्लिक हेल्थले गरेको अनुसन्धान अनुसार २५ प्रतिशत काला अमेरिकी तथा २२ प्रतिशत क्यारेबियन महिलाहरुमा स्तन क्यान्सरको समस्या गम्भीर रहेको पाइएको छ । त्यसको तुलनामा गोरा महिलामा यस्तो समस्या केवल १३ प्रतिशत मात्र छ ।
विज्ञहरुका अनुसार यस्तो फरकपनाको खास कारण छन् । पहिलो कारण स्तन क्यान्सरको लक्षण तथा पहिचानसँग जोडिएका जागरुकता निकै कम हुनु ।
युके क्यानसर रिसर्च संस्थाका अनुसार जब महिलाहरुलाई मेमोग्राफी अर्थात् स्तनको एक्सरेका लागि बोलाइयो तब काला महिलाहरु निकै कम संख्यामा मात्र आए ।
स्तन क्यान्सरको पहिचान यदि सुरुवाती अवस्थामै भएमा त्यसको उपचार सजिलोसँग गर्न सकिन्छ ।
लीड्स विश्वविद्यालयको एक समूह ती काला अफ्रिकी तथा क्यारेबियन महिलाहरुलाई मद्धत गर्दछ जो क्यान्सर पीडित छन् वा उनीहरुका कुनै आफन्त महिला क्यान्सरग्रस्त छन् ।
एक काली महिलाले बिबिसीलाई भनिन् ‘ हामीमध्ये धेरै महिलाहरु यो रोगका बारेमा मौन रहन्छौँ र लुकाउँछौँ । मैले पनि यहीँ गरेँ । मलाई यसको उपचार गराउने आवश्यकताको महसुस भएन ।’
अर्की महिला भन्छिन् ‘यस्ता धेरै महिलाहरुसँग भेट गरेँ जसलाई केही गडबडी भएको छ भन्ने त लागेको छ तर आफ्नो कुरा कसैलाई बताउँदैनन् । आफुलाई सन्चो होस् भनेर इश्वरसँग प्रार्थनामात्रै गरेर बसेका छन् ।’
सन् २०१२।१३ को तथ्यांक अनुसार स्तन क्यान्सरका अधिकांस मामिला सुरुवाती चरणमै पहिचान हुन्छन् ।
l099eविज्ञका अनुसार केवल स्तनमा आउने गाँठागुठी मात्र क्यान्सरको लक्षण होइन । स्तनको टुप्पोबाट पानी वा चिप्लो पदार्थ बग्ने तथा स्तनको छालामा एक्कासी परिवर्तन आउने जस्ता कुराहरु पनि स्तन क्यान्सरका लक्षण हुन् ।