जिल्ला अस्पताल अछाम देशकै सर्वोकृष्ट घोषणा

735

लालबहादुर विक
मंगलसेन । अछाममा उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै कार्य सम्पादन र मुल्यांकनको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय अछाम देशकै सर्वोत्कृष्ट जिल्ला घोषणा छ । स्वास्थ्य मन्त्रालयले दिएको विभिन्न सुचकहरुलाई पुरा गरेको भन्दै काठमाण्डौंमा जारी आर्थिक वर्ष २०७२÷७३ को राष्ट्रिय समिक्षा गोष्ठिमा अस्पताल प्रथम भएको हो । देशभरीका जिल्लाहरुमा जनस्वास्थ्य कार्यालयले कार्यसम्पादन मूल्यांकनमा सर्वाधिक ९२ दशमलव ३७ प्रतिशत नम्बर ल्याएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डा. शरदचन्द्र बरालले बताएका छन् । अघिल्लो र अहिलेको आर्थिक बर्षमा शहरिया सुविधा सम्पन्न कार्यालयलाई पछि पार्दै अछाम स्वास्थ्य े कार्यालय प्रथम भएको हो । गएको आर्थिक वर्षमा अछाम जिल्ला देशभरीमा दोस्रो नम्बरमा थियो । सुदुरपश्चिमका जिल्लाका अस्पताल भन्दा अछाम अस्पताल प्रथम स्थानमा रहेको छ । अछाम पछि ९० दशमलव ५४ सुर्खेत र ९० दशमलव ४१ नम्बरका साथ बैतडी तेश्रो स्थानमा पर्न सफल भएका छन । सबै भन्दा कम ५७ दशमलव ६५ प्रतिशतले मनाङ जिल्ला रहेको छ । एकसय अंकमा अछाम जिल्ला जनस्वासथ्य कार्यालयले विभिन्न स्वास्थ्य सेवा, कार्यालयको व्यवस्थापन, दुर्गममा कार्य गरेको र आर्थिक परिचालन र बेरुजु जस्ता सुचकका आधारमा राम्रो भएको डा. बराललको भनाई थियो ।