Saturday, July 11, 2026
Home Blog Page 898
काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले मापदण्डै तोकेर कम्पनीहरूलाई सेयर बजारमा प्रवेश गराउने प्रयास गरेको छ। बजेटले एक अर्बभन्दा माथि चुक्ता पुँजी हुने र वार्षिक पाँच अर्ब रूपैयाँ बढीको कारोबार गर्ने कम्पनीहरूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुनै पर्ने र सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने उल्लेख गरेको हो।गत जेठसम्म सेयर बजारमा जम्मा दुई सय ३२ कम्पनीहरू सूचीकृत भइसकेका...
काभ्रेपलान्चोक । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ११ मा बस दुर्घटना भएको छ । बिहिबार दिउँसो अपाङ्ग बाल अस्पताल नजिक अपाङ्ग बाल अस्पतालका कर्मचारी बाेकेकाे बा. १ क ५७४७ नम्बरको गाडि दुर्घटना भएको काभ्रेपलान्चोकका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभएको छ । अहिलेसम्म ३० जना घाइते भएको जानकारी आएको छ ।  यस थप विवरण आउन बाकी रहेको छ...
वीरगञ्ज । पर्साको छपकैयास्थित आर्यघाटमा आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो । बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् ।...
काठमाडौं । घाटामा गइरहेको नेपाल आयाल निगमलाई सरकारले ८ अर्ब रूपैयाँ जुटाइदिने भएको छ। अर्थ मन्त्रालयले निगम नाफामा हुँदा बढी तिरेको आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) गरी पाँच अर्ब रूपैयाँ फिर्ता दिने र तीन अर्ब रूपैयाँ कर्जाको लागि पहल गरिदिने भएको हो।यस अघि आयल निगमले मुख्यालय रहेको आफ्नो जग्गा धितोमा राखेर कर्जा लिने प्रयास गरेको भएपनि सरकारी जमानी...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन्। स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन्।झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परे पनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।‘खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ,’ उनले...
काठमाडौँ – पूर्व सहमति अनुसार बागमती प्रदेशको मुख्यमन्त्री छाड्न कांग्रेस–माओवादी केन्द्रले एकीकृत समाजवादीलाई दबाब दिएका छन्। समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेलाई संसदको बाँकी कार्यकालमा आधा–आधा सरकारको नेतृत्व गर्ने गरी भएको सहमतिलाई कार्यान्वनय गर्न दबाब दिन हस्ताक्षर संकलन गरेका छन्।गत कात्तिक ११ गते मुख्ममन्त्री नियुक्त भएका पाण्डेले ६ महिना नेतृत्व गरेपछि कांग्रेसका इन्द्र बानियाँलाई सत्ता हस्तान्तरण गर्ने लिखित सहमति गरेका...
हङकङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि हङकङ पुगेका छन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार सी सेन्जेनबाट हाइस्पिड रेलमा चढेर बिहीबार दिउँसो हङकङ पुगेका हुन्। हङकङमा चिनियाँ शासन पुनर्वहाली भएको २५ औं वार्षिकोत्सव समारोहमा सहभागी हुन सी हङकङ आएका हुन्। बेलायती उपनिवेशमा रहेको हङकङलाई सन् १९९७ जुलाई १ मा एक देश, दुई नीतिअनुसार चल्ने गरी चीनलाई...
काठमाडौं । आगामी ३ दिनसम्म प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखामा जनाएको छ।महाशाखाका अनुसार शनिबारसम्म कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहनेछ।यी मध्ये केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।आज मधेश...
भक्तपुर । सडक मानवहरुको उद्धार र सेवा गर्दै आइरहेको मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । विहिबार मानव कल्याण समाजको सेवाघर झौखेलमा आयोजित जेष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा रस्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यालयले संस्थालाई रु १ लाख बराबर स्वास्थ्य उपकरण, तेहाँ रहेको मानसिक रोगका बिरामीहरुलाई करिब २ महिना पुग्ने गरि रु...
काठमाडौँ । कर्णाली प्रदेशमा पहिलो पटक केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजना ‘कर्णाली चलचित्र कार्यशाला–२०७९’ सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘एक्सन कट’ भन्दै निर्देशन उद्घाटन गरेको कार्यशालामा २० जना फिल्मकर्मीको सिकाई जारी छ। ‘कर्णालीलाई हेर्ने नजर अब परिवर्तन गरौँ । किनकि कर्णाली हरेक दृष्टिकोणले धनी छ’ मुख्य मन्त्री शाहीले भने। यो कार्यशालामा सहभागी भएकाहरूले कर्णालीको जन...