न्युयोर्क । कोभिड–१९ को महामारी र युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर भोकमरीबाट पीडित व्यक्तिको संख्या १५ करोडले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।युक्रेन संकटले आगामी महिनामा झन् नराम्रो बनाउन सक्ने र यसले विश्वभरका सबैभन्दा बढी प्रभावित देशहरूलाई अनिकालतर्फ धकेल्न सक्ने चेतावनी पनि राष्ट्रसंघले दिएको छ ।प्रतिवेदनअनुसार विश्वभर करिब...
रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदीसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनार छन् । उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले...
सिरहा । सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले...
सुर्खेत । बाजुराको बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको छ । तनाव भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको छ ।स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । ‘केहीबेर विवाद भयो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान गरेर अहिले पुनः मतदानको स्थिति बनेको छ ।’३० वैशाखमा भएको निर्वाचनमा...
काठमाडौं । करेन्ट लागेर मकवानपुर र कपिलवस्तु दुई जनाको मृत्यु भएको छ ।मकवानपुरको बाकैया गाउँपालिका–६ गबर स्थान बस्ने ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर बुधबार मृत्यु भएको हो । आफ्नै बारीमा रोपाई गर्नको लागि घर नजिकैको पोखरीबाट मोटर जडान गरी पानी तान्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।कपिलवस्तुको महाराजगन्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय...
काठमाडौं । बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम) मा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसिको बुधबार दिउँसो मृत्यु भएको छ...
काठमाडौँ । कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गरिन्। “कर्णालीका बालबालिकाले अझै पूर्णरूपमा पाठ्यपुस्तक पाउन सकेका छैनन्” उनले भनिन्, “त्यसैले तत्काल पाठ्यपुस्तक उपलब्ध गराइयोस् भनी माग गर्दछु ।”यस्तै उनले सुर्खेत नगरपालिकाका १६ वटै वडामा पक्की सडक बन्न...
बारा । एक थान कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखिया छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।नम्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाकधम्की दिईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले पेस्तोलसहित...
काठमाडौँ । अभिनेता सलमान खान आफ्नो लोकप्रिय फिल्म फ्रेञ्चाइजी ‘दबंग’को चौथो संस्करण ‘दबंग ४’ दर्शकमाझ ल्याउँदैछन् । फिल्मको लेखन तथा निर्देशन निग्मांशु धुलियाले गर्नेछन् ।फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ । सलमान निर्देशक तिग्मांशुलाई आफ्नो आइडल पर्सन मान्छन् । त्यहीकारणले उनलाई लेखन र निर्देशनको जिम्मेवारी दिएका हुन् । सलमानको बुझाइमा तिग्मांशुले चुलबुल पाण्डेको कथामा थ्रिल र एडभेञ्चर ल्याउन सक्छन् ।...
भक्तपुर । सन् २०११ मा काठमाडौँबाट सुरू भइ नेपालसहित सिंगापुर, भारत, अस्ट्रेलिया, स्विट्जरल्याण्ड, हङकङलगायतका देशमा लोकप्रिय बनेको कोरा साइकलिङ च्यालेन्ज भक्तपुरमा पनि हुने भएको छ ।गत वर्ष पहिलो पटक साइकल कनेक्ट भक्तपुरको आयोजनामा भएको कोरा भक्तपुर आयोजनामा ५० जना सहभागीले ५० किमी साइक्लिङ गरे पनि यस वर्ष भने ५० किमी, ७५ किमी र १०० किमीको च्यालेन्ज हुने भएको छ...










