काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।उनीहरुले ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियार मुद्दा दायर गरेका अन्यमा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक...
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ । संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न...
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा १ अर्ब २१ करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार (असार २८ गते) बिहान १० बजेसम्ममा १० लाख ५९ हजार ९३९ जनाले १ करोड २१ लाख ९६ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले २४ असारदेखि १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो...
काठमाडौं । तीन जना मृत अवस्थामा फेला परेका छन् । गुल्मी, बर्दिया र नवलपरासी (पूर्व)मा तीन जनाको शव भेटिएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङ बस्ने ६७ वर्षीय कृति कुमार श्रेष्ठ सोही ठाउँस्थित बाह्रबिसे खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् । बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजार बस्ने मिलन थारुकी डेढ वर्षकी कृष्टिना थारू राजापुर नगरपालिका–१ गोठारपुरस्थित झबही कुलोमा...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् । जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा। भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् ।...
लमजुङ । लमजुङको दोर्दिखोलामा निर्माण सम्पन्न गरी विद्युत उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए ले साउनबाट उत्पादन गर्ने भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण सप्पन्न माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन साउन महिनादेखि गर्ने लक्ष्य राखेको हो । २५ मेगावाट क्षमताको यो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने...
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् । दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर...
भक्तपुर । लामो समयदेखि भक्तपुर नगरकोट सडक ठेकेदारले सडक नबनाएको विरोधमा चाँगुनारायण नगरपालिका वडा न. ७ का वडाअध्यक्ष श्यामकृष्ण नयाँजु (श्रेष्ठ)ले सडकमै पनि कार्यालयको काम गरेका छन् । मंगलबार बिहान कार्यालय समयदेखि सोही वडाको खरिपाटीस्थित सडकमा बसेको सेवाग्राहीको काम गरिरहेको छन् । टेबुल कुर्सी सहित सडकमा बसेर उनी सेवाग्राहीका काम गरिहेका देखिन्छन् । भक्तपुर नगरकोट सडक तत्काल निर्माण गर...
काठमाडौं । छिमेकी मुलुकहरू भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक कारागारमा छन्।
कारागार व्यवस्थापन विभागका अनुसार उनीहरू लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा सजाय काटिरहेका हुन्। कति कैदीबन्दी कुन अपराधमा दोषी पाइएका हुन् भन्नेबारे एकीकृत तथ्याङ्क चाहिँ आफूहरूसँग नरहेको विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले बताए। विभागका पूर्वनिर्देशक जनकराज दाहालको अनुभवमा चाहिँ विदेशी कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारसम्बन्धी मुद्दाका...
काठमाडौं । आज प्रभु इन्स्योरेन्सको विशेष साधारणसभा मंगलबार कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने छ । सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न तथा तत्सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक निर्धारण गर्नलगायतका मर्जर...









