Saturday, June 20, 2026
Home Blog Page 75
भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिकामा संचालित ५ वटा खानेपानी कम्पनी मा कोलिफार्म भेटिएपछि नगरपालिकाले पानी बिक्रि वितरणमा रोक लगाएको छ । नगरपालिकाको वडा नं.३ झौखेलमा सञ्चालनमा रहेका पाँच वटा खानेपानी उद्योगमाथी पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाईएको उपमेयर रमेश बुढाथोकीले जानकारी दिनुभएको छ । पानीका दिशामा पाइने जिवाणु भेटिएपछि पनि जारको पानी बिक्रि रहेको सूचना आएपछि बन्द गरिएको उहाँले...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रको महेन्द्रनगरस्थित पार्टी कार्यालयमा दुई कार्यकर्ताबीच कुटाकुट भएको छ । भीमदत्त नगर कमिटी सदस्य भुवन विष्ट र अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टबीच आइतबार साँझ कुटाकुट भएको हो । विष्टको कुटाइबाट भट्ट गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विष्ट पनि सामान्य घाइते भएको र...
भक्तपुर । नेकपा (एमाले) काभ्रेपलान्चोक जिल्ला कमिटिका सचिवालय सदस्य तथा तत्कालीन बालुवापार्टी देउपुर गाविसका अध्यक्ष राधाकृष्ण बस्ताकोटीलाई मातृशोक परेको छ । वि.स १९९५ साल माघ २६ गते जन्मनु भएकी उहाँको आमा सुर्यकुमारी बस्ताकोटीको ८७ वर्षको उमेरमा निधन भएको हो ।स्वर्गीय आमाको विहिबार भक्तपुर दुवाकोटस्थित घरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय बस्ताकोटी लामो समयदेखि मधुमेह...
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण हुने अत्याधुनिक हवाई इन्धन डिपाे निर्माणकाे हुने भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चाेकले नेपाल आयल निगमलाई डिपीआर हस्तान्तरण गरेकाे छ। क्याम्पसले डिपीआर हस्तान्तरण गरेकाे हाे।२०८१ काे साउन २८ गते मन्त्रीपरिसद्काे बैठकले सिनामंगल डिपाे स्थानान्तरणकाे अनुमति दिएकाे थियाे। निगमले बनाउन लागेकाे उक्त डिपाे तीन हजार किलोलिटर...
काठमाडौँ । भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुलसमेत बगाएपछि चीनतर्फ नै अलपत्र परेका २ सय ३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ । चीनको विदेश विभागले उनीहरूलाई केरुङ हुँदै तातोपानी मितेरी पुलमा ल्याएर सिन्धुपाल्चोक प्रशासनलाई जिम्मा लगाएको हो । रोजगारीका सिलसिलामा गएकाहरू तथा सवारी चालकलगायत अलपत्र नेपालीलाई बाढीपछि केरुङमा राखिएको थियो । उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले २० वटा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा सम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ । मौसम विश्लेषण: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।हाल मौसमको अवस्था: हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगातय बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली...
आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता 25आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले शेखर कोइरालाको पक्षमा कांग्रेसमा ६० प्रतिशत सांसदहरू रहेको दाबी गर्नुभएको छ ।पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरूसँगको भेटपछि आइतबार काठमाडौंमा...
भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पो’मा अहिलेसम्म करिब ५० हजार भन्दा बढी दर्शकहरू अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । विद्यार्थी लिएर आउने विद्यालयहरुलाई विशेष छुट दिने गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो यहीँ साउन १० गतेसम्म हुनेछ । स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरक्षेत्रभित्र बसोबास गर्ने गृहणी महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सिप प्रदान गरेको छ । बागमती प्रदेश सरकार र नगरपालिकाको साझेदारी सम्पन्न गृहणी महिला सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम अन्तरर्गत झोल साबुन, सरफ बनाउने तालिम ७ दिन, सिस्नोको पापड बनाउने तालिम १५ दिन र सिलाई कटाई एक महिनासम्म प्रशिक्षण दिएको नगरपालिकाको लैङ्गिक विकाश...
भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावणी मेला सुरु भएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं.८ मा अबस्थित उक्त मन्दिरमा विहिबारदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । ३७ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा...