Thursday, October 1, 2026
Home समाचार भक्तपुरको डोलेश्वरमा श्रावणी मेला सुरु

भक्तपुरको डोलेश्वरमा श्रावणी मेला सुरु

33

भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावणी मेला सुरु भएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं.८ मा अबस्थित उक्त मन्दिरमा विहिबारदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । ३७ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको अध्यक्ष थापाले बताए ।