एमाले उम्मेदवारको उद्घोष, संम्वृद्ध जिल्ला बनाउन हाम्रो उम्मेदवारीभक्तपुर । नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्लाको संघ र प्रदेश सभा उम्मेदवारहरु आइतबार एक ठाउँमा भेला भएका छन् । प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको “नेकपा एमालेका उम्मेदवारसंग संचारकर्मी” विषयक कार्यक्रममा संघ तर्फका दुई र प्रदेश तर्फका चार जना उम्मेवारहरु कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा एमालेका पोलिटोब्युरो सदस्य, निर्वतमान सांसद तथा...
काठमाडौं । देशका विभिन्न स्थानमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा उनीहरूको मृत्यु भएको हो ।करेन्ट लागेर मृत्युहिजो (शनिबार) दिउँसो मोरङ कटहरी गाउँपालिका–४ बस्ने ५२ वर्षीय दिलिप साहको करेन्ट लागेर मृत्यु भएको छ । सोही गाउँपालिका–३ स्थित दुर्गा मन्दिरमा जडान गरिएको बिजुलीको तार खोल्ने...
काठमाडाैँ । हत्यापश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शव फेला परेको छ। तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए।तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आर्चाय र १४ वर्षकि रोशनी महतारालाई आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा...
काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबीस घण्टामा १ हजार १११ जना डेँगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ । बितेको चौबीस घण्टामा डेँगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेँगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको...
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) व्यवस्थित गर्न निर्देशन दिएका छन् । बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न बसपार्क भित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन दिएका हुन् ।नगरप्रमुखको निर्देशनअनुसार अबदेखि बसपार्क भित्रको शौचालय सुविधा र पिउने पानीको सुविधा नि:शुल्क हुने भएको छ । बसपार्कभित्र भीडभाड बढ्ने गरी राखिएका ठेला र...
हेटौंंडा । करिब २0 किलो अवैध चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१६ बस्ने ४४ वर्षीय लालबाबु साह रहेको प्रहरी जनाएको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१४ बाट हेटौंडातर्फ आउँंदै गरेको मोटरसाइकलबाट चाँदीका...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।आइतबार ७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६८८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा...
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका पुगेका प्रचण्डले उनकाे पार्थिव शरीर दर्शन गरी पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गरेका हुन्।श्रद्धाञ्जली दिन प्रचण्डसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, नेता बामदेव गाैतम, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नगर प्रहरी प्रमुख सीताराम हाछेथु, कलाकार मदनकृष्ण...
पोखरा । खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित भएको छ ।राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघ शैलेन्द्र राउतले जानकारी दिए ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका निसिम...
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिति निराशाजनक रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सीटका लागि हुने निर्वाचनमा तीन हजार २२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये दुई हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला ।परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ ।...










