Wednesday, June 24, 2026
Home Blog Page 680
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जनाएको छ ।‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले भनेका छन् ।...
नयाँदिल्ली । मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु हुनाका साथै अन्य धेरै घाइते भएका एक जना स्थानीय प्रहरीले सिन्ह्वालाई फोनमा बताएका छन् ।राज्यको मोरेना जिल्लामा उक्त दुर्घटना भएको तथा सातजना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विष्फोटका कारण भवन भत्किँदा धेरैजना भग्नावशेषमा फसेका थिए ।...
जाकार्ता । इन्डोनेसियामा करिब १०० बालबालिकाको मृत्युले देशलाई सबै सिरप र तरल औषधिको बिक्री स्थगित गर्न प्रेरित गरेको छ । गाम्बियामा कफ सिरपका कारण करिब ७० बालबालिकाको मृत्यु भएको बताइरहेका बेला इन्डोनेसियामा पछिल्लो घटना सार्वजनिक भएको हो । इन्डोनेसियाले भने कि केही सिरप औषधिमा तीव्र मृगौला चोट(एकेआई)सँग सम्बन्धित सामग्रीहरू फेला परेको थियो, जसका कारण यस वर्ष ९९ साना बालबालिकाको...
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आईपुगेका छन् । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा आएका हुन्  ।यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन् । पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए ।
धरान । धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला असारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। ल्याइएका माला व्यावसायीहरुले धरान–१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा भण्डारण गरेका छन् ।  हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपज बजारलाई जानकारी गराएको उल्लेख...
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ।यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा पुगेको...
काठमाडौँ । १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो।प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए। मेलामा ८० लाख रुपैयाँ बराबरको...
काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ भोलि शुक्रबारबाट नेपालभर रिलिज हुँदैछ। फिल्मका लागि बुधबारबाट मल्टिप्लेक्सले बुकिङ खुला गरेका छन्। फिल्मले मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ।नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शोज दिएको छ। यस्तै, वान सिनेमाजले ६, रञ्जना सिनेप्लेक्सले चार, बिग मुभिजले तीन, आईएनआई सिनेमाजले ६, बिएसआर मुभिजले...
काठमाडौँ ।  हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनीत फिल्म ‘महापुरुष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। ‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जबर्जस्ती नै काममा व्यस्त बनाउँछु’, अभिनेता श्रेष्ठले भने...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।बिहीबार ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७२७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ७९८...