काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।बिहीबार प्रतितोला ९३ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुन शुक्रबार तोलामा ६ सय रुपियाँले घटेर ९२ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार रुपियाँ रहेको छ।यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ ।...
काठमाडौँ । तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ ।प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो । लेन अनुशासन पालना नगर्ने ७६ सवारी चालक पनि कारबाहीमा परेका छन् ।सडक बत्तीसम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको...
काठमाडौँ । नेकपा एमालेकोतर्फबाट काठमाडौँ- ६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले आफूले उम्मेदवारी दिएकाे साे क्षेत्रलाई नमूना बनाउने बताएका छन् ।शुक्रबार बिहान वडा नम्बर २६ मा भएको मतदातासँगको अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले काठमाडौँ -६ लाई नमूना बनाउने बताएका हुन् ।‘यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे । अब तपाईँहरू प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस् ।’ उनले...
काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आइपीओ निष्कासन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निष्कासन गरेकाे हाे ।आइपीओ खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-१, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा...
झापा । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ। आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो।मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयपत्री फूलको...
काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
बैतडी । पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउन खोजेपछि पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।स्थानीय दशरथ नायकका अनुसार पालिकाको जननिर्वाचित प्रतिनिधि पुरानो ठाउँमा अस्पताल निर्माण गर्ने...
काठमाडौँ । अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ ।राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ ।राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सहयात्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई बौद्धिक र डाइनामिक भएको बताएका छन् ।काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार मानुषीको चुनाव क्षेत्रमै आयोजित शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मानुषीमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको भन्दै प्रशंसा...
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका- ३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा...










