Saturday, May 2, 2026
Home Blog Page 370
काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३...
काठमाडौं । हवाई सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा...
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानहटनमा रहेको फौजदारी अदालतमा आत्मसमर्पण गर्नुभएको छ । ट्रम्पमाथि सन् २०१६ मा पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई ठूलो रकम दिएको आरोप छ । उहाँविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोग लगाइएको बीबीसीले जनाएको छ ।अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति बन्नुभएको छ । तर आफूमाथि लगाइएका विभिन्न आरोपको उहाँले खण्डन गरी...
जनकपुर । नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रीबाट राजीनामा गर्न मुख्यमन्त्री सरोजकुमार यादवले आग्रह गरेपछि उनीहरूले मन्त्री पदबाट राजीनामा दिएका हुन् । यससँगै एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलले तीनवटै निर्वाचन क्षेत्रमा विजयी हासिल गर्ने दाबी गरेका छन् । रफत सञ्चार क्लबमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद परियारले विगतको आमनिर्वाचनमा झैं चितवन, तनहुँ र बारा जिल्लाका मतदाताले रास्वपाका उम्मेदवाररूलाई अत्यधिक मतले विजयी गराउने विश्वास व्यक्त गरे ।उनले भने, रास्वपाले गत आमनिर्वाचनमा जनतासमक्ष वाचा गरेका कुराहरूलाई...
काठमाडौँ । उच्च अदालत पाटनले फिल्म प्रसाद २ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसुर...
काठमाडौँ । राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ ।राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा। वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।यी दुवै विधेयक राष्ट्रियसभामा उत्पत्ति भएका थिए । राष्ट्रियसभाबाट पारित भएका यी विधेयक अब प्रतिनिधिसभामा...
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा समय लिएर बोल्दै उनले मल र बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित भएको बताए ।‘मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ, तर मल आउन...
काठमाडौँ । राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस भएको छ ।राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री डा वेदुराम भुसालले सो प्रतिवेदन पेस गरे । बैठकमा मन्त्री भुसालले लोक सेवा आयोगको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन २०७८/७९ पेस गरे । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएका थिए ।
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मङ्गलवारका लागि पेशी सूचीमा चढाइएको थियो ।