Tuesday, April 28, 2026
Home Blog Page 326
काठमाडौं । जनगणना २०७८ अनुसार मातृ भाषाका आधारमा २०६८ को जनगणनामा नेपाली भाषा बोल्नेको संख्या ४४.६३ प्रतिशत भएकोमा अहिले बढेर ४४.८६ प्रतिशत भएको छ। नेपाली पछि धेरै बोलिने मातृभाषा मैथिली भने २०६८ मा ११.६ प्रतिशत रहेकोमा अहिले घटेर ११ प्रतिशत रहेको छ। जनसंख्याको आकारको हिसाबले भने प्रमुख भाषा, धर्म तथा जातिको जनसंख्या घटेको छैन।नतिजा सार्वजनिक गरेको दुई महिना १०...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो ।मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...
भक्तपुर । भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८० आयोजना हुने भएको छ । ओम सृजनशिल समाजको आयोजनामा हुने प्रतियोगिता जेठ २७ गतेदेखि सञ्चालन हुनेछ । सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट हर्षचोकमा भक्तपुर जिल्ला खेलकुद विकाश समिति र सूर्यविनायक नगरपालिकाको समन्वयमा प्रतियोगीता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक पेशल आचार्यले जानकारी दिएका छन् ।प्रतियोगितामा पहिलो हुने टिमलाई ५० हजार रुपैया...
विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् ।ती आज बिहान ५:२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । मृतकले आफैंले लगाएको हरियो...
मुस्ताङ । घरपझोङ गाउँपालिका-४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा थापासमेत ६ जनालाई साँझ प्रहरीले पक्राउ गरेको छ । सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस...
काठमाडौं । फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ। पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो। मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन्। आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक...
काठमाडौं नागरिकता विधेयक कोशेली लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन् ।मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।...
हेमराज ढकाल भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको गोल्डेन सुनगाभा अंग्रेजी बोडिङ स्कुलले नमूना संसद अभ्यास गर्ने भएको छ । त्यसको तयारी स्वरुप केही दिन अगाडी निर्वाचन प्रक्रिया अनुसार कमतदान गरेर संसद चयन गर्ने कार्य सकिएको विद्यालयका इन्र्चाज विनय खड्काले जानकारी दिएका छन् । “हामी दल जस्तै रेड हाउस, ब्लू, ग्रीन र यल्लो हाउस छुट्यार उम्मेदवार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाने दिनमै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। आजै बिहान प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका थिए । मन्त्रिपरिषद्को बैठकको आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै...
काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेमा गए राति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका-२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए। गए राति करिब १२...