Tuesday, April 21, 2026
Home Blog Page 318
-बीबीसी न्यूज नेपाली चीन भ्रमणमा रहेका एक उच्च नेपाली अधिकारीले भारत र संयुक्त राज्य अमेरिकाका तर्फबाट ‘आफ्नो मुलुकलाई अप्ठेरो पार्नेगरी नेपालमा गतिविधि हुनसक्ने’ भन्दै सजगता अपनाउन आफ्ना चिनियाँ समकक्षीले अनुरोध गरेको बीबीसीलाई बताएका छन्। नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेइजिङमा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लेजीसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।हाल साङ्घाई पुगेका उनले बेइजिङमा चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ...
काठमाडौं । ३ महिनापछि अनिवार्य अवकाश पाउने शंकरदास बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ मुख्यसचिवमा डा।वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा।वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । सचिवहरु मध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताउनुभयो । मन्त्रीपरिषदको बैठकले मुख्यसचिवका रुपमा...
भक्तपुर । श्रमजिवि पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले पत्रकार महासंघले जारी गरेको १५ बुदेँ शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न आग्रह गरेको छ । विहिबार केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न ध्यानाकर्षण गरेको जिल्ला अध्यक्ष हेमराज ढकालले जानकारी दिए ।बैठकमा उपस्थित उपत्यका इन्र्चाज हेमराज सिलवाल, भक्तपुर इन्र्चाज...
काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेका छन्। पक्राउ पर्नेमध्ये एक...
-संजिब दुलाल भक्तपुर । चाँगुनारायण नगरपालिकाले विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरका वडा नं ४, ५, ६ र ८ का स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, सदस्यहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूलाई १ दिने विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । चाँगुनारायण नगरपालिका वडा...
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।वडाध्यक्ष शिवराज गिरीले भने, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।”विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक...
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले रगतको अभाव हुन नदिन सबैलाई रक्तदान गर्ने बानी बसाल्न आग्रह गरेको छ । रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाका अनुसार, रगत छैन भने पनि सम्पर्कमा रहेका रक्तदातालाई कार्यालयमै बोलाएर तत्काल रगत उपलब्ध गराउने गरिएको छ । भक्तपुर रेडक्रसमा आउँने ९५ प्रतिशत बढीले रगत पाएको दावी गर्दै थापा भन्छन्, ‘हामीले रगत लिन...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।हाल मौसमको अवस्था (Present Weather Status)कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...
काठमाडौं । सदनमा विपक्षीको गतिविधि देख्दा र सरकारले गरेका सकारात्मक कामको प्रभावकारी प्रचार नहुँदा आफुले एक्लो महशुस गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई छ । बुधबार बिहान माओवादी केन्द्रसम्बद्ध पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डले समानुपातिक विज्ञापन वितरण प्रणाली लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो। प्रधानमन्त्री प्रचण्डले समानुपातिक विज्ञापन प्रणाली लागु गर्न सरकार तत्पर रहेको तर...
भक्तपुर । राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गणतान्त्रिक खेलकुद महासंघले जितेको छ। ओखलढुंगाको लिखु टिमलाई ३–१ को सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेको हो । भक्तपुरको हर्षचौकमा आयोजित खेलको पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिकले त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले जित निकालेको थियो । प्रतियोगितामा आयोजक ओम श्रृजनसिल समाजको टिमलाई पाखा लगाउँदै न्युटन एकेडेमीले तेस्रो...