काठमाडौँ । आजदेखि काठमाडौँमा हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाइएको छ । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रतिबन्ध लगाए पछि हिन्दी सिनेमा नचल्ने भएका हुन् । भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन महानगरले गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाले महानगरभित्रका हलमा सो चलचित्र चल्न...
काठमाडौँ । किसानले गोलभेँडाको उचित मूल्य नपाउँदा आइतबार बिहान कालीमाटी तरकारी बजारभित्रै तरकारी फालेर विरोध जनाएका छन् । तर सरकार भन्छ स् कालीमाटीमा फालिएको गोलभेँडा किसानले होइन, बिचौलियाले फालेका हुन् । उपत्यका आसपासमा टनेलमा गोलभेँडा खेती गर्ने किसानले गोलभेँडाको लागत पनि उठाउन नसकेको गुनासो गर्दै गोलभेँडा फाल्न बाध्य भएको बताइएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेलको...
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले ५० रन पुरा गरेको छ।१२ ओभरको सकिदाँ घरेलु टोली जिम्बाब्बेविरुद्ध कुशल भुर्तेलले ३३ र आशिफ शेखले १७ रन बनाएका छन्।
टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो। नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन्। नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै...
सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
राजधानीको यार्मोक जिल्लामा सेनाले गरेको हवाई आक्रमणमा मारिनेमा ५ बालबालिका समेत छन् । आक्रमणबाट कम्तीमा २५ वटा घर ध्वस्त भएका छन्। त्यहाँका एक उच्च सैन्य अधिकारीले विद्रोही समूह ¥यापिड सपोर्ट फोर्स आरएसएफलाई आन्दोलन रोक्न चेतावनी दिएको भोलिपल्ट हवाई आक्रमण भएको हो।
गत मध्य–अप्रिलमा सुरु भएको विद्रोहका...
काठमाडौं : चार जिल्लामा चार जना मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोट बस्ने ६० वर्षीया लक्ष्मी काफ्ले आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन्। पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुर चोकस्थित आलम वर्कसपको नजिक सोही महानगरपालिका-३० लालपर्सा बस्ने ४५ वर्षीय लगनदेव यादव आइतबार मृत अवस्थामा फेला परेका छन्। सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ पाङग्रेटारस्थित सुनकोशी खोलामा हाल नाम,...
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताएका हुन्। उनले सरकारले बाढीको...
काठमाडौं : भोलि चार दलले समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्। आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको चार दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चा घोषणा गर्ने सहमति भएको हो। एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमालले संविधानबमोजिम सरकारलाई सफल बनाउन चार दलबीच समाजवादी मोर्चा घोषणा हुने बताए। उनले डा. बाबुराम भट्टराई नेतृत्वको...
काठमाडौं । मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर बसुन्धराबाट बालाजु सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।बालाजुमा डा. भरतमणी देवकोटाको घरमा मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता गरेर कार्यालय सार्न लागिएको हो। अहिलेको कार्यालय...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...
काठमाडौं । अनावश्यक रुपमा रहेको पेटको आकारले हामीलाई असजिलो महसुस गराउदँछ । त्यसैले खानपिनमा ध्यान दिनु जरुरी छ । नियमित शारिरिक कसरत गर्ने हो भने पेट घटाउन सकिन्छ ।केही उपाय यस्ता छन्ः१. फाइबरयुक्त खाना : हामीले खाने खानामा पाइने रूक्षांश (फाइबर)ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर भएका खानाले अनेकौं फाइदा पु-याउँछन्। घुलनशील रुक्षांश (फाइबर) खाँदा त्यो पानीमा घुलेर...










