बीबीसी । अहिले मानिसहरूले पाको उमेरमा पनि सन्तान जन्माएको देखिन्छ। बुवा बनेका केही मानिसको उमेर अलिक धेरै नै छ। केही साताअघि ८३ वर्ष अभिनेता अल पाचिनो र उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहको सन्तानको जन्म भयो। अल पाचिनो चौथो पटक पिता बनेका हुन्। ढिलो गरी सन्तान जन्माउने पुरुषको समूहमा विभिन्न पटक अल पाचिनोको सहअभिनेता बनेका रोबर्ट डे निरो पनि...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् ।मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् । उनको रिट दर्ता भने भइसकेको छैन । समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०...
काठमाडौं । बैतडी विद्यालयको छुट्टी भएर घर फर्किने बेला लडेर सोमबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका-१ को माणौ टोलकी हेमन्ती धामी रहेकी छन्। स्थानीय पञ्चोदय माविमा कक्षा १ मा अध्यनरत धामी विद्यालयबाट घर फर्कने क्रममा सोमबार ४ बजेतिर गडान भन्ने ठाउँमा लडेर मृत्यु भएको उक्त विद्यालयका प्रधानाध्यापक मान सिंह धामीले जानकारी दिए।
काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज ९मंगलवार० अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ । अमेरिका र नेपालबीचको खेल जिम्बाबेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस क्लवमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बजे शुरु हुनेछ । यसअघि आईतवार भएको पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग नेपाल ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्टइण्डिजसँग पराजित भएको थियो ।
बीबीसी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई चारदलीय समाजवादी मोर्चामा सहभागी गराएका छन्। आआफ्नै बाध्यता र स्वार्थका कारण सहभागी दलहरूले अन्ततस् एउटै पार्टी बनाउने उद्देश्यअनुरूप त्यसो गरेको कतिपयको विश्लेषण पाइन्छ। तर, त्यसमा सहभागी एउटा दल नेकपा एकीकृत समाजवादीभित्र सम्भावित विग्रहको तरङ्ग उत्पन्न सुरु हुन थालेको देखिएको छ। प्रतिनिधिसभाको बैठकमै यथास्थितिमा बजेटको पक्षमा भोट हाल्न नसक्ने चेतावनी...
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले समाजवादी मोर्चा भित्री र बाहिरी शक्तिसँग बार्गेनिङ गर्ने हतियार नबनोस् भनेर टिप्पणी गरेका छन्। चारदलीय समाजवादी मोर्चामा आबद्ध हुन अस्वीकार गरेका भट्टराईले केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् भन्दै टिप्पणी गरेका हुन्।केही दिनअघि प्रचण्डसँग भेटेर समाजवादी मोर्चामा जाने धारणा व्यक्त गरेका...
दार्चुला– दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली...
काठमाडौँ । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । राजनीतिक स्थिरताका लागि भन्दै सत्तारूढ गठबन्धन र सत्ताबाहिरको कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो । साझा प्रतिबद्धतासहित सोमबार ३ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा मोर्चा घोषणा हुँदै छ । आलोपालो नेतृत्व गर्दै...
पोखरा । पोखरामा पनि आजबाट हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाइएको छ । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो । पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै आजबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।‘नगरप्रमुख धनराज आचार्यले जारी गरेको पत्रमा दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...









