Friday, April 17, 2026
Home Blog Page 311
पर्वत : शनिवार राति चट्याङमा परेर पोखरा महानगरपालिकामा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायबा उपरीक्षक श्रवणकुमार बिकका अनुसार राति साढे ११ बजेतिर चट्याङ लागेर पोखरा–२३ हर्पनका ४९ वर्षीय देवबहादुर बिकको मृत्यु भएको हो।ढुङ्गा र माटोले बनेको एक तले कच्ची घरको ढोका लगाउने क्रममा उनी चट्याङ लागेर बेहोश भई ढलेका थिए। तत्कालै अस्थायी...
काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन्।आइतबार प्रतिनिधिसभामा बसेको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन्। उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नरहेको बताए। उहाँले राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री मन्त्रीपरिषद् भएकाले छुट्टै सल्लाहकार आवश्यक नरहेको जिकिर गरे।उनले उपराष्ट्रपतिले विदेश मामिलामा सल्लाह दिनका लागि सल्लाहकार राखेकोप्रति असन्तुष्टि...
बागलुङ : अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो। शनिबार साँझदेखिको वर्षा र राति गएको पहिरोका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौ, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका छन्। सडक खुलाउनका लागि जेसिबी पठाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए।बुर्तिबाङ बजार...
काठमाडौं : आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्।७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको...
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिमार्जित भएको एकिकृत पाठ्यक्रम कक्षा १-३ का शिक्षकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम २०८० सम्पन्न गरेको छ । शिक्षकहरुलाई कार्यक्रमको सहजीकरण पाठ्यक्रम विकास केन्द्रका पूर्वअधिकृत खिल नारायण श्रेष्ठले गरेका थिए । कार्यक्रममा एकिकृत पाठ्यक्रम सम्बन्धि शि़क्षकहरुले नबुझेका विषयहरुमा छलफल गर्नुका साथै मूल्याकंन सम्बन्धि सहजीकरण गरिएको थियो । नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाठ्यक्रम...
काठमाडौं । रूकुम पश्चिममा कर्णाली प्रदेशसभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटना भएको छ । शनिबार दिउँसो ३ बजेतिर चौरजहारी नगरपालिका-३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो । कर्णाली प्रदेश ०२-००१ झ ००४४ नम्बरको गाडीमा प्रदेशसभा सदस्य कल्याणी खड्कासहित ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमले जनाएको छ...
बीबीसी । अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन्। उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ।एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए। यो साताको सुरुमा पानीमुनि आवाज सुनिएको खबर आएपछि...
भक्तपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भक्तपुरको विशेष बैठकबाट पुष्पराज ढकाल जिल्ला कमिटिको संयोजकमा चयन भएका छन् । शनिबार बसेको बैठकले ढकाललाई अनेरास्ववियु भक्तपुरको २०ओैँ सम्मेलन आयोजक कमिटिको संयोजकमा सर्वसहमत चयन गरेको हो । साथै कमिटिको सहसंयोजकमा अमर खड्का र सचिवमा श्रीकृष्ण थापा चयन भएका छन् ।
भक्तपुरमा उत्कृष्ठ प्रशिक्षक र खेलाडी सम्मानित, तस्विरमा हेरौं भक्तपुर । भक्तपुरमा विभिन्न खेलकुद प्रतियोगीतामा उत्कृष्ठ भएका खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ । शनिबार जिल्ला समन्वय समितिले भक्तपुर जिल्ला खेलकुद विकाश समितिको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । नवौं राष्ट्रिय खेलकुद, दोस्रो बागमती प्रदेश स्तरिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा बिजेता भएका खेलाडीहरुलाई सम्मान गरिएको छ । जसमा तेक्वान्दो खेल...
धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहसहित ३ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियारले यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख शाह, तत्कालीन सहायक कम्प्युटर अपरेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित...