Monday, September 28, 2026
Home समाज अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

41

बागलुङ : अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो।
शनिबार साँझदेखिको वर्षा र राति गएको पहिरोका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौ, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका छन्। सडक खुलाउनका लागि जेसिबी पठाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए।बुर्तिबाङ बजार नजिकै सडक अवरुद्ध हुँदा पदैलयात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको उनले बताए। यो ठाउँमा हरेक वर्ष बर्खामा सधैँ पहिरो जाने भएकाले स्थायी विकल्प खोज्नुपर्ने कायतले बताए।‘हिजो साँझदेखि ठूलो पानी परेको थियो, राति पहिरो गएछ, हामीले बिहानमात्रै सडक अवरुद्ध भएको थाहा पायौँ’, कायतले भने, खबर पाउनासाथ सडक खुलाउन नगरपालिकाको जेसिबी पठाएका छौँ, केही समयमा सडक खुल्छ।’