Thursday, April 16, 2026
Home Blog Page 307
देउखुरी : तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिबार तुलसीपुरमा भेला भए। ६३ घरधुरी रहेको सो टोलका उनीहरूमध्ये सारंगी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ। उनीहरूलाई सारंगी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय संकटको पेसा बचाउन उनीहरूलाई सशक्तीकरण गर्न लागेको छ। सोही टोलका...
फ्रान्समा प्रहरीको गोली प्रहारबाट एक किशोरको मृत्यु भएको विरोधमा पाँचौँ रात पनि राजधानी पेरिससहित देशका अधिकांश शहरमा हिंस्रक प्रदर्शन भएको छ। प्रदर्शनकारी र प्रहरीबीच लगातार झडप भइरहेको अधिकारीहरूले जनाएका छन् । प्रहरीले प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास तथा लाठी प्रयोग गरेको छ। ट्राफिक जाँचका क्रममा १७ वर्षका नाहेल एम नामका युवकमाथि प्रहरीले गोली हानी हत्या गरेको आरोपमा प्रदर्शनकारीले पेरिस, मार्सेलीलगायतका सहरमा...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकता बचाउन नसकेकोमा दुखेसो पोखेका छन्।आइतबार ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले नेकपा एमाले र माओवादी केन्द्रबीचको कम्युनिष्ट एकता बचाउन नसकेको भन्दै दुखेसो पोखेका हुन्। उनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र आफूले नेकपा ब्यूँत्याउने विषयमा छलफल गरिरहेको...
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष राउतले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा राउतले सरकारसँग विमतl रहेकाले बाहिरिन चाहेको बताएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजेको मन्त्रालय दिन आफू तयार भएको बताएको उनको सचिवालय स्रोतले जनाएको छ। ‘बिहान आउनुभएको...
नारायणगढ-मुग्लिन सडकको विस्तार र स्तरोन्नति गरे पनि सास्ती रोकिएको छैन। अघिल्लो वर्षजस्तै यस वर्ष पनि पहिरोले पटकपटक लामो समयसम्म बाटो अवरुद्ध हुने घटना दोहरिन थालेको छ।जानकारहरूका अनुसार ३६ किलोमिटर लामो उक्त सडक खण्डमा नयाँ-नयाँ जोखिमहरू देखा परेका छन् र तीमध्ये केही चुनौतीपूर्ण मानिएका छन्।निर्माण कम्पनीले काम सम्पन्न गरेर उक्त सडक तीन वर्षअघि सरकारलाई हस्तान्तरण गरेको हो। “निर्माण सकिएपछि पहिरो...
भक्तपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मदन जयन्तीको अवसरमा भक्तपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रेडक्रस भक्तपुर जिल्ला शाखको प्राविधिक सहयोगमा यो कार्यक्रम भएको हो । अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष नारायण घर्तीको प्रमुख आतिथ्यमा भक्तपुर बहुमुखी क्याम्पस कमिटि र अनेरास्ववियु भक्तपुर जिल्ला कमिटि ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम भएको छ । उक्त रक्तदान कार्यक्रममा ४०...
भक्तपुर । भक्तपुरको नयाँ पर्यटकिय गन्तव्य बुकाचो गढीमा अरनिको राजमार्ग जगातीबाट सात किलोमिटरमा पुग्न सकिन्छ । यो स्थान समुन्द्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको छ । यो गढीबाट उपत्यकाको मनोरम दृश्यहरु देख्न सकिने, यहाँबाट जङ्गलका हरियाली दृश्यावलोकन गर्न सकिने, वन्यजन्तु एवं चराको अवलोकन गर्न सकिने तथा माछापुच्छ्रे, गणेश, गौरीशङ्कर, सगरमाथालगायत हिमालको अवलोकन गर्न सकिन्छ । भक्तपुरमा...
भक्तपुर । भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको...
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सल्लाहकार एवम् पुर्वअध्यक्ष अमर भुजुलाई पितृ शोक परेको छ । भुजुका पिता रामबहादुर भुजुको ९१ वर्षको उमेरमा आज असार १५ गते शुक्रवार असामयिक निधन भएको हो । उहाँ विगत लामो समयदेखि फोक्सो सम्बन्धी रोगको उपचार गराई रहनुभएको थियो । उहाँ आज बिहान घरमा अचानक लडेर घाईते हुनुभएपछि उपचारका लागि ख्वप अस्पतालमा लगिएकोमा उपचारको क्रममा...
-हेमराज ढकाल"सुमन" बा लाठे र रोपार खोज्दै घर-घर डुल्दै हुनुहुन्छ । छोराछोरी काम खोज्दै देश विदेश डुल्दै छन् वाह हाम्रो असार १५ !बा मल र बीउ खोज्दै पसल-पसल भौतारिदै हुनुहुन्छ । सरकार अनुदान र राहत भन्दै भाषणमा फुक्दै छ वाह हाम्रो असार १५ !बा आफैमा आत्मनिर्भर बन्न मेहनत र पसिना बगाउँदै हुनुहुन्छ । हामी मुखले देश बनाउछु भन्दै फेसबुक र इन्स्टा चलाउदै बस्छौं वाह हाम्रो असार १५ !मण्डनदेउपुर काभ्रे, हाल भक्तपुर