भक्तपुर । काभ्रेपलान्चोक र भक्तपुरको सीमाना संगै जोडिएको (कलमसी) बनेपा नगरपालिका -१ स्थित घिमिरे गाउँमा आइतवार बिहान एक जना पुरुष मृत अवस्थामा भेटिए ।आइतवार बिहान नग्न र घोप्टो परेको अवस्थामा फेला परेको शव सिन्धुलीको मरिण घर भै घिमिरे गाउँमा ज्यालामजदुरी गरी बस्ने पचपन्न वर्षीय दुधलाल थिङ्गको भएको भन्ने खुलेको काभ्रे प्रहरीका सूचना अधिकारी समेत रहेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी...
काठमाडौं : सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन रहेको पाइएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले त्यसका अलावा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन...
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले दुई फरक ‘अपरेसन’ बाट चार हजार ४४ एम्पुल लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार गत असोज ७ गते वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१४ चाउथे बस्ने सन्तोष थापा र केशबहादुर कुमाललाई पक्राउ गरेको हो। उनीहरूले कोठामा लुकाएर राखेको अवस्थामा डाइजेपाम...
काठमाडौं : नेकपा एमालेको कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको आज मतगणना हुने भएको छ। आइतबार ढिला सुरू भएको मतदान राति ९ बजे सकिएको थियो। मतगणनाका लागि बिहान ८ बजे उम्मेदवारका प्रतिनिधिलाई बोलाइएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए। बिहान ८ बजेदेखि मत गणना सुरू गर्ने भनिए पनि उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेर मतगणना थालिने खनालले बताए।...
भक्तपुर । एमनेष्टी ईन्टरनेशनल नेपाल समुह-५६ को साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ६ स्थित क्वालिटी ईङ्लिस सेकेण्डरी स्कुलको प्राङ्गणमा २६ औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । एम्नेष्टी इन्टरनेशनल नेपालको उपमहासचिव होम बहादुर अधिकारीको प्रमुख आतिथ्य, एमनेष्टी ईन्टरनेशनल नेपाल शाखाका निबर्तमान अध्यक्ष बिक्रम धुकुछु, एमनेष्टी ईन्टरनेशनल नेपाल समुह-५६ का सल्लाहकार...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status)हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।२०८० असोज १५ गते (सोमबार)दिउँसोः देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।२०८० असोज १६ गते (मंगलबार)दिउँसोः देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।राती: कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।२०८० असोज १७ गते (बुधलबार)दिउँसोः देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।राती: देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।नोटː मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ क्लिक गर्नुहोला।
काठमाडौं : वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन्। आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको विरोध गरे। उनले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले...
काठमाडौं : पत्रकार कुम्भराज राई र गजेन्द्र राई पुरस्कृत भएका छन्। आइतबार किराँत राई पत्रकार संघले संघको १६औँ स्थापना दिवसको अवसरमा उनीहरूलाई पुरस्कार प्रदान गरेको हो। किराँत राई यायोक्खा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं यायोक्खाका अध्यक्ष जीवन हाताचो राई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का अध्यक्ष गजुरधन राई लगायतले संयुक्त रूपमा नगद तथा प्रमाणपत्रसहित दुवै जनालाई सम्मान गरे। दुवै जनाको...
पर्वत : शनिबार साँझ भएको भीषण वर्षासँगै आएको बाढीले जिप नै बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको अवस्था अझै पनि अज्ञात नै छ। उनीहरूको खोजीको लागि शनिवार साँझदेखि नै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित सर्वसाधारण पनि खोजीमा जुटिरहेको भए पनि उनीहरूको अवस्थाका बारेमा पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल...
काठमाडौं : काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको छ। आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनिष थापामाथि आक्रमण भएको भन्दै हाल केएमसिमा अध्ययनरत चिकित्सकहरुले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन्। उनीहरुले शनिबार सरकार चिकित्सकबीच सहमतिको आधारमा नै ओपिडीमानै पुगेर चिकित्सक माथि हातपात गर्नेलाई कारवाही गर्नु पर्ने माग राखेका छन्। स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि...










