Thursday, June 25, 2026
Home Blog Page 1859
काठमाडौँ, ९ पुस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७४÷७५ प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उक्त आयोगका प्रमुख आयुक्त घिमिरेले उक्त २८औँ प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।संवैधानिक निकायले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आठ परिच्छेद र २४७ पृष्ठको उक्त प्रतिवेदनमा आयोगको...
पुस ९, २०७५ काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरिएको छ ।५ महिना बित्न लाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कार्वाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरेको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् । यसअघि उनीहरुले माइतीघर...
नयाँ पत्रिका दैनिक पुस ९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)को स्थायी समिति बैठक राजनीतिक प्रतिवेदनमा सहमति खोज्न तीन दिन पर धकेलिएको छ । गत २९ मंसिरबाट सुरु भएको बैठकमा शीर्ष नेताहरूकै मत बाझिएपछि सहमतिको प्रयासमा बैठक स्थगित गरिएको हो । सचिवालयका नेताहरूमध्ये राजनीतिक प्रतिवेदनमा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल एउटा कित्तामा उभिएका...
नेपाल समाचारपत्र, पुस ९, काठमाडौ । सघीय ससदमा उपसभामुख डा.शिवमाया तुम्वाहाङफेको निर्देशनमा राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेरको आतंक मच्चिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सचिव राजेन्द्र फुँयालको डिजायनमा उपसभामुख ठाडो हस्तक्षेप र निर्देशनमा राजनीतिक आस्थाका आधारमा भटाभट कर्मचारी सरुवा भएको एक पीडित कर्मचारी बताउँछन् ।संसद कर्मचारी व्यवस्थापन ऐनले राजनीतिक नेतृत्वलाई कर्मचारी सरुवाको कुनै अधिकार...
समाचारपत्र दैनिक पुस ९, भक्तपुर । जनप्रतिनिधी आएपछि मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा मेयर मदन सुन्दर श्रेष्ठले बेथिति र भ्रष्टाचार भित्र्याएका छन् । कोरिया सरकारको सहयोगमा संचालन हुदै आएको यो अस्पतालमा मेयर श्रेष्ठ पसेपछि भ्रष्टाचारको अखडाको रुपमा परिणत भएको छ । कार्यकर्ता भर्तीकेन्द्र, भ्रष्टाचार र बेथितिले अस्पताल आफै थला परेको अस्पतालका कर्मचारीले गुनासो गरेका छन् । काँग्रेसका नेताहरुसंग मिलेमतो गरेर...
नयाँ पत्रिका दैनिक /नवराज मैनाली, पुष्प ढुंगाना पुस ९, काठमाडौं । प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ । दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि...
पुस ८, काठमाडौँ । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान...
काठमाडौं,८ पुस, दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक...
काठमाडौं,पुस ८ नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले क्रिश्चियन धर्म प्रचारक संस्थाले गरेको एसिया प्यासिफिक समिटमा आफ्नो सहभागिताबारे स्थायी समिति बैठकमा स्पष्टिकरण दिएका छन्। दक्षिण कोरियाको युनिभर्सिल पिस फेडेरेशनको आयोजनामा मंसिर १४-१७ सम्म भएको समिटमा नेपाल सरकार सहआयोजक बनेको थियो। उक्त समिटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको सुशासन अवार्ड दिइएको थियो।नेकपाका स्थायी समिति सदस्यहरूले धर्म...
काठमाडौँ, ८ पुस राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ क्रिसमस मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल ¥याली निकालेको छ । बिजुली बजारदेखि शुरु भएको उक्त ¥याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको हो । मानवअधिकारकर्मी कपिल श्रेष्ठले ¥यालीको शुभारम्भ गर्दै मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा रहेको हुँदा सबैको सहअस्तित्वलाई...