चैत २१,
काठमाडौँ -साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद भएकोे हो । उनले भने, ‘अहिले ती नयाँ बस रक्सौलमा...
चैत २१
सप्तरी-एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।स्थानीय प्रहरीको सहयोगमा सीआएईवीले गरेको अनुसन्धानमा राजविराजका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलले प्रश्नपत्र बाहिर्याउन भूमिका खेलेको...
चैत २१,
काठमाडौँ -उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हितको विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले जर्मनीले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा पुर्याउदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । उनले भर्खरै मात्र...
चैत २१,
पोखरा–अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ ।विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइका साथै आवश्यक भौतिक पूर्वाधार समेतको उचित व्यवस्थापनका कारण विद्यालयप्रतिको आकर्षण बढ्दै गएको हो । विद्यार्थी सङ्ख्या घट्दै जानथाले पछि शैक्षिक वर्ष २०७४ मा जम्मा ८२ विद्यार्थी रहेको विद्यालयमा गुणस्तरीयता...
चैत २१,
काठमाडौं– प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरुवा भएको छ । पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय चितवन टाँडीको इन्चार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाईएको छ । टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान...
चैत २१,
काठमाडौँ–संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तीका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।गत चैत्र १८ गते सोमबार बसेको न्याय परिषद बैठकले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत,...
चैत २१,
काठमाडौं -इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले बिहीबार राति (आज) सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा दिल्लीले आफ्नै मैदानमा हैदरावादसँग प्रतिस्पर्धा गर्न लागेको हो ।हैदरावादलाई पराजित गरे दिल्ली लिगको शीर्ष स्थानमा उक्लिनेछ । दिल्लीले चारखेलबाट दुई खेलमा हार र दुई खेलमा जित हा पार्दै...
चैत २१, एजेन्सी,
डल्लास– अमेरिकाको टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन्। एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो ।अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका हुन्...
चैत २१,
काठमाडौँ -पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । उक्त...
चैत २१,
गौशाला– महोत्तरीको लोहारपट्टि नगरपालिकामा आज बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा ६ महिनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो ।आफ्नी आमासँग आफ्नै घरमा सुतेका दूधेबालक महमद आज एकाबिहानै अचानक सुतेकै अवस्थामा खाटबाट लडेपछि उनी नरुने,...



