सिद्धान्तको बहसले वाम एकतामा समस्या

185

फागुन ३,
प्रधानमन्त्रीमा नेकपा एमाले केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । तर तीन महिनाअगाडीदेखि चल्दै आएको बाम एकता भने कहिले हुन्छ भन्न सकिने स्थिती छैन् । एमाले र माओवादी केन्द्रबिच सिैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि एकताबारेमा स्वयम दुई पार्टीकै नेताहरु अन्यौलमा देखिन्छन् । माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा २१ औं सताब्दीको जनवाद र माओवाद समेत हुनुपर्नेमा जोड दिदैं आएका छन् । एमालेले भने २१ औं शताब्दीको जनवाद र माओवादलाई स्वीकार गर्न नसकिने भन्दै जनताको बहुदलीय जनवाद (जबज) नै कार्यदिशा हुनुपर्ने अडान राखेको छ । दुई पार्टीका नेताहरुबीच विवाद देखिएपछि माओवादीले २१ औं सताब्दीको जनवाद, माओवाद र जबज सबैलाई सँगसँगै महाधिवेशनका लागि बहसमा लैजाने प्रस्ताव गरेको थियो । तर, सो प्रस्तावमा एमालेले आफ्नो अडान जबजलाई नै केन्द्रीत गरेकाले एकतामा समस्या देखिएको छ । पार्टी एकताका लागि संगठनात्मक र कार्यदिशासम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सहमति गरेको हो । कार्यदलले देखिएका विवादबारे समाधान खोज्ने कार्यदल बनेको छैन । एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको र ५ प्रतिशत विवादपनि चाँडै टुंगोमा नेताहरुको दाबी गरेपनि पार्टी एकता कहिले हुने निश्चित छैन् । समयमै पार्टी एकता नभए सरकार विस्तारमा समेत समस्या नहोला भन्न सकिन्न ।