चाँगुनारायणमा डकर्मीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

320

माघ १९,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा प्रगति परियोजना अन्तर्गत डकर्मी सिप क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ्र । तालिमको समापन समारोहमा बोल्दै तालिममा सहभागी नवराज लामिछानेले भूकम्पले पहिला बनाएको घर भत्किदा आफुले अपराध गरेको महसुस भएको तर अब त्यस्तो गल्ती नदोर्याउने र तालिममा सिकेका कुराहरु पूर्णरुपमा लागु बचनवद्धता व्यक्त गरेका छन् ।
उक्त कार्यक्रमा सम्बोधन गर्दै चँंगुनारायण नगर प्रमुख सोम मिश्र, सहरी बिकास तथा भवननिर्माण बिभाग डिभिजन कार्यालयभक्तपुरका प्रमुख मिलन आचार्य, एफएससीएन काकार्यकारी अध्यक्ष सूर्यबहादुर थापालगायतले तालिम पछि नगरपालिकामा भूकम्पप्रतिरोधी भवन निर्माणमा महत्वपुर्ण उपलब्धि हासिल हुने विश्वास गरेका छन् ।
सहरी बिकास तथाभवननिर्माण बिभागको पाठ्यक्रमअनुसार चाँगुनारायण नगरका सबै वाडका पहिलेदेखि डकर्मी कामग र्ने तर भूकम्प प्रतिरोधी भवनबनाउने तालिम हासिल नगरेका २३ डकर्मी सहभागी थिए ।