हेटौँडा : भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार सडक पार गर्ने लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई द्रुत गतिमा हुइँकिएको बसले ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको हो।














