काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।














