भक्तपुर । युवा व्यवसायी उमेश घोरासाइने यतिबेला भदौ १० गते रसुवामा आएको बाढीले पीडित भएकाहरुको सेवामा जुटेका छन् । जन्मथलो काभ्रे भएपनि हाल भक्तपुर बस्दै आएका घोरासाइने पछिल्लो वर्षयता सामाजिक कार्यमा सक्रिय छन् । विभिन्न व्यक्तिसंग समन्वय गर्दै नुवाकोटका केही स्थानमा राहत दिएका छौं, घोरासाइनेले भने । खानेकुरा, लत्ताकपाडालगायतका सामाग्री उनीलगायतको समुहले वितरण गरेको हो । केही दिन अगाडी मात्रै पनि नायक पल शाहसगं सहकार्य गर्दै राहत वितरण गरिएको घोरासाइने जानकारी दिए । किरण बहादुर केसी, मधु ढुंगेल, रमेश नेपकिङलगायत यो अभियानमा साथ दिएका थिए ।
तस्विरमा हेरौं 


















