वीर, टिचिङ र ट्रमाले घाइतेको उपचार गर्ने, मन्त्रालयले सक्रिय गर्‍यो आपतकालीन संयन्त्र

6

काठमाडौं । रसुवामा आएको बाढी र त्यसबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको जनाएको छ। मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सतर्क अवस्थामा राख्दै घाइतेको उपचार तथा आवश्यक परेमा तत्काल रिफर गर्ने व्यवस्था मिलाइएको बताएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाढीको सूचना पाएलगत्तै मन्त्रालय बिहानदेखि नै सतर्क अवस्थामा छ। प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन जानकारी गराइएको छ भने स्वास्थ्य मन्त्रालय अन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरसमेत सक्रिय पारिएको छ।