Monday, September 21, 2026
Home राजनीति बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

8

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा संलग्न नहुने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।बिहीबार राति अबेर सकिएको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकले सर्वसम्मतिले पारित गरेको थापाले जानकारी दिए ।