चिसो, यो हावालाई, कहिले आउँछौं ?…

3

विक्की गुरुङ – यो हावालाई

मरिजाउँ फेम्ड विक्की गुरुङले नयाँ गीत यो हावालाई लिएका छन् । विगत ६ महिनादेखि उनले यो गीतबारे प्रचार गर्दै आइरहेका थिए । त्यो लामो प्रतीक्षा अब सकिएको छ । गीतमा गुरुङ सदावहार सुनिएका छन् । यो गीतमा विशेष गरी उनले कम्पोजिनसमा राम्रो काम गरेका छन् । गीत कतै लाउड छैन, शान्त, स्थिर र सुकोमल छ । एउटा विछोड गाइएको यो गीतलाई प्रेम, विछोड र एउटा निश्चल पर्खाइको भावुक अनि मार्मिक अभिव्यक्ति मान्न सकिन्छ । गीतको म्युजिक भिडियोका लागि गुरुङले यसमा अभिनेत्री उपसना सिंह ठकुरीसँग सहकार्य गरेका छन् ।