चालकसहित ट्रक बगायो

2

काठमाडौं । कर्रा खोलामा सोमबार बिहान आएको बाढीले चालकसहित एउटा खाली ट्रक बगाएको छ । हेटौँडा उपमहानगरपालिका–१७ स्थित उक्त खोलामा आएको बाढीमा परेर ट्रकका चालक घाइते भएका छन् । शिवम् सिमेन्ट उद्योगबाट चुनढुङ्गा अनलोड गरी फर्कने क्रममा ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बाढीमा फसेको हो ।

दुर्घटनामा चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ घाइते भएका छन् । बाढीले ट्रक बगाए पनि चालक थिङ भने पौडिएर आफैँ निस्कन सफल भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ । उनको अहिले हेटौँडा उपमहानगरपालिकाको एक मेडिकलमा उपचार भइरहेको छ ।