कक्षा १० का भाईबहिनीले गरे एसईई उतिर्ण दाई दिदिहरुको सम्मान र बिदाई

1

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको गोल्डेन सुनगाभा इंग्लिस स्कुलमा कक्षा १० अध्ययनरत विद्यार्थीहरुले सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेका छन् । उनिहरुले एसईई परिक्षा २०८२ मा सहभागी भएर उतिर्ण दाइ दिदिहरुको सम्मान र बिदाई गरेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलका अध्यक्ष लीलानाथ निरौलाले २०५३ सालमा स्थापना भएको विद्यालयले १८ औं ब्याचले एसईई दिएको जानकारी दिए । “चाँगुनारायण नगरको मात्रै नभएर हाम्रो विद्यालय भक्तपुर जिल्लाकै गौरव हो र यो स्थानपा पुर्याउन विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी सबैको योगदान छ, ” अध्यक्ष निरौलाले भने । उतिर्ण विद्यार्थीहरुलाई उज्वल भबिष्यको कामना छ ।
गोल्डेन सुनगाभा स्कुलका प्रीन्सिपल महेशचन्द्र गौतमले विद्यार्थी भनेका देश कर्णधार र भोलीको भबिष्य भएको बताए । “हाम्रो स्कुलले विद्यार्थीहरुलाई सैद्धान्तिक, व्यवहारीक र नैतिक रुपमा अब्बल बनाउदै आएको छ,” प्रीन्सिपल गौतमले भने । यो वर्ष ४६ जना एसईई परिक्षामा सहभागी भएकोमा १ जनाले ४ जीपिए, २१ जनाले ए प्लस र २४ जनाले ए ल्याएको उनले बताए ।
सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेर कक्षा १० का विद्यार्थीहरुले सकारात्मक परम्परा बसालेकोमा स्कुलका सहायक प्रीन्सिपल बिनय खड्काले धन्यवाद दिएका छन् ।