भक्तपुरमा ट्याक्टर दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो, नामावली सहित

1
Screenshot

भक्तपुर । चाँगुनारायण नगरपालिकामा बुधबार राती भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा
सिन्धुली जिल्ला घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २६ को हेम नेपाली र भोजपुर घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३२ को विजय राई रहेका छन् ।
चाँगुनारायण नगरपालिका ८ सुडाल स्थित ठाङ्गु शेखर ध्यान केन्द्र (गुम्बा) नजिक कलमसी तर्फबाट कमलविनायक तर्फ मिक्सर बोकेको ना. ५ च २८४७ नम्बरको ट्रयाक्टर ओरालोमा ब्रेक फेल भइ दुर्घटना भएको थियो ।

हुदा ट्र्याक्टरमा सवार चालक सहित १२ जना रहेकोमा ८ जना घाइते भएको र ३ जना बोल्न नसक्ने घाईते रहेको घाईतेहरुको भक्तपुर भक्तपुर अस्पताल उपचार भइरहेको छ ।
घाइतेहरुमा सुनसरी इटहरी घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष ३७ को किरण कुमार चौधरी, सप्तरी कल्याणपुर घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २६ कि डिलाकुमारी पासवान रहेकी छिन् । सप्तरी घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २२ को सञ्जीव सरदार, काभ्रे पाँचखाल घर भाई हाल टोखा बस्ने वर्ष २८ को राजन श्रेष्ठ छन् ।
प्रहरीका अनुसार रामेछाप जिल्ला खाडादेवी घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष ३२ कि सन्तोषी देउला र भोजपुर घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ४५ को सानु राई रहेका छन् ।
चालक जिल्ला सर्लाही हरिबन नपा ६ गुर्कोली बस्ने वर्ष २४ को विरेन्द्र कुमार महतो लाई प्रहरीले नियन्त्रणमा लिइ प्रहरी वृत्त जगाती पठाएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।